18th June 2020

निर्देशक दिनेश राउतको चलचित्रमा नायक प्रदीप खड्का ।

असार,४,२०७७ । दर्शकहरुको चाहना अनुरुप चलचित्र निर्माण गर्न सिपालु मानिने निर्देशक दिनेश राउतले नेपाली चलचित्रका स्टार नायक प्रदीप खड्कालाई लिएर नयाँ चलचित्र निर्माण गर्ने तयारीमा रहेको बताइएको छ ।समाचार स्रोतका अनुसार प्रदीप र दिनेशले नयाँ प्रोजेक्टमा सँगै काम गर्ने भए पछी यती बेला उनिहरु बिच निरन्तर भेटघाट भइरहेको पनि बताइएको छ । साथै स्रोतका अनुसार नायक प्रदीप स्वंय चलचित्रको प्रस्ताव लिएर निर्देशक राउतसामु पुगेका र निर्देशक राउतले पनि प्रदीपको प्रस्ताव स्वीकार गरेको र स्क्रिप्टको पनि काम सुरु भएको पनि बताइएको छ । जुन चलचित्रको स्क्रिप्ट यती बेला विकाश सुवेदीले  लेखिरहेको पनि बताइएको छ ।नाम तय नभइसकेको उक्त चलचित्रको छायांकन अर्को वर्षबाट सुरु हुने पनि बताइएको छ । नायक प्रदीप खड्का प्रदशनको पर्खाईमा रहेको चलचित्र ‘प्रेमगीत ३’ को प्रदर्शन पश्चात निर्देशक हेमराज विसीको निर्माण तथा निर्देशन निर्माण हुन लागेको एक नयाँ चलचित्रमा ब्यस्त हुँदै छन ।