17th June 2020

चलचित्र आँधी तुफान २ को निर्माण हुने ।

असार्,३,२०७७ ।नेपाली चलचित्रको बजार मा चलचित्र आँधी तुफान २ को निर्माण हुने भएको छ ।विस २०६१ सालमा निर्माण भएको चलचित्र ‘आँधी तुफान’को सिक्वेल लाई स्क्रिप्ट राइटर तथा निर्माता मौनता श्रेष्ठले निर्माण गर्न लागेको पनि बताइएको छ ।  बिक्रान्त बस्नेत, राजेश ढुङाना, पुजना प्रधान, ऋचा घिमिरे, रन्जु लामिछाने, डिनेश शर्मा, उमेश खड्का लगाएत कलाकार हरुको अभिनय रहेको निर्देशक महेन्द्र बुढाथोकीको निर्देशनमा निर्मित चलचित्र ‘आँधी तुफान’को  सिक्वेल स्क्रिप्ट तयार भैसकेको  र चलचित्रको छायाँकन भदौबाट शुरु हुने पनि निर्माता मौनता श्रेष्ठले स्रोत लाई जानकारी दिएका छन । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको यती बेला निर्देशक तथा कलाकार छनौटकै क्रममा रहेको पनि उनले बताएका छन ।नारीको कथामा निर्माण हुने बताइएको चलचित्र आँधी तुफान–२’ ले नेपाली समाजमा भइरहेको नारीमाथिकोे दमन, शोषण तथा अत्याचार अनि नारी जागरणको विषयलाई प्रमुखताका साथ उठान गर्ने पनि बताइएको छ । साथै चलचित्रमा नयाँ पुराना कलाकार हरुको अभिनय रहने पनि बताइएको छ ।