16th June 2020

नायिका नम्रता सापकोटा भन्छिन नेपाली चलचित्रमा पनि ‘परिवारवाद’छ ।

असार,२,२०७७ ।भारतीय सिरियल हुँदै बलिवूड चलचित्र एम एस धोनी केदारनाथ काइ पोछे छिचोरे जस्ता चलचित्रहरुमा अभिनय गरी पछिल्लो समय बलिवूडको फिल्मी नगरीमा राम्रै चर्चा र सफलता बटुल्न सफल भैरहेका नायक सुशान्त सिंह राजपुतको निधन पश्चात यतिबेला बलिवूड फिल्मी नगरीमा परिवारवाद हाबी भएको बिषयले पुन चर्चा पाएको छ । यसै क्रममा  नायक सुशान्त सिंह राजपुतको निधन पछी नेपाली चलचित्रका कलाकारहरुले पनि यो बिषयमा आवाज उठाउन थालेका छन् । यसै बिषयमा नेपाली चलचित्रकी नायिका नम्रता सापकोटाले नेपाली चलचित्रको बजारमा पनि ‘परिवारवाद’को बिषयमा बलिउडसम्म पुग्नै नपर्ने भन्दै नेपाली चलचित्र क्षेत्रमा नै यो हाबी भएको उल्लेख गरेकी छिन् ।नायिका नम्रता सापकोटाले सामाजिक संजाल फेसबुकमा भिडियोमार्फत ‘बलिउडको किन कुरा गर्नुपर्यो, सबै त म भन्दिन तर हाम्रो क्षेत्रमा नै अधिकांश यस्तो उदाहरण छ । कलाकारितालाई भन्दा पनि आफ्नोलाई बढी साथ दिने चलन छ । कलाकार चाहियो भनेर घोषणा गरिन्छ, तर अन्त्यमा आफ्नै छोराछोरी, भजिता–भतिजीलाई नै लिएर काम गरिन्छ ।साथै नायिका नम्रताले बाबुले चलचित्र बनाउने अनी छोराले महंगो पारिश्रमिक लियो भनेर हल्ला फिजाइने गरिएको र ‘यहाँ मैले मिहिनेत गरेको छु भनेर केही नै हुँदैन । जसको राम्रो पकड छ, अभिनय जिरो भएपनि जसले व्यापार दिन सक्छ उसैले यहाँ काम पाउँछ । वास्तविक कलाकारको त यहाँ काम नै छैन । कसैले पनि वास्तविक कलाकारलाई यहाँ गन्दैन । म कलाकार भएर भन्दा गलत सोचिएला तर मैले मात्र होइन धेरैले यही महशुश गर्नुभएको बताउदै  ५०–६० प्रतिशत चलचित्रकर्मीले आफ्नैलाई महत्व दिदा अरु कलाकार डिप्रेशनमा नगएर के गर्नु त भनेर प्रश्न समेत गरेकी छिन् ।