19th May 2019

चलचित्र प्रेम दिवसको ट्रेलर सार्वजनिक ।

जेठ,५,२०७६ ।चलचित्र प्रेम दिवसको ट्रेलर सार्वजनिक भएको छ ।जेष्ठ ३१ गतेबाट प्रदशनमा आउन लागेको अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की अभिनित उक्त चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक भएको हो । चलचित्रको प्रचार प्रसारको क्रममा निर्माण पक्षले सार्वजनिक गरेको अफिसियल ट्रेलरमा प्रेम, विछोड र रोदनले भरिएको छ भने चलचित्रकी प्रमुख पात्र नायिका प्रियंकाको दोहोरो प्रेम देखाइएको छ । नायिका प्रियंका लाई उक्त ट्रेलरमा नायक आयुष्मान र नव-नायक विशाल खरेलको प्रेममा हराएकी देखाइएको छ ।बनिष शाह र मिलन श्रेष्ठको सम्पादन,मानकृष्ण महर्जनको छायांकन,रोशन श्रेष्ठको द्वन्द्व,कविराज गहतराजको नृत्य,प्रदीप भारद्वाजको लेखान रहेको उक्त चलचित्रको सार्वजनिक गरिएको ट्रेलर हेरेर चलचित्र प्रेम दिवस त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर निर्माण गरिएको अनुमान लगाउन सकिन्छ । मनिष दाहाल निर्माता र सञ्जय न्यौपाने कार्यकारी निर्माता रहेको उक्त चलचित्रमा प्रियंकाको एक गरिब र धनी युवकसँग प्रेम रहँदा आइपर्ने उचारचढाव देखाइने चलचित्र लाई निर्देशक योगेश घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा प्रियंकाअ कार्की आयुश्मान देशराज जोशी र नव नायक विशाल खरेलको साथमा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको पनि अभिनय छ