15th June 2020

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्मा नव नायकको खोजिमा ।

असार,१,२०७७ ।नेपाली दर्शक हरु माझ बहुप्रतिक्षित बन्न सफल चलचित्र म यस्तो गीत गाउँछु २ को प्रदशनको पर्खाईमा रहेका निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माको सहकार्यमा निर्माण हुन लागेको एक नयाँ चलचित्रका लागी निर्देशक सुदर्शन र नायिका पुजा नव नायकको खोजिमा रहेको बताइएको छ ।चलचित्र ‘म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २’ मा एक अर्का सँग सहकार्य गरिसकेका यि निर्देशक र नायिका लक डाउन खुलेसँगै नयाँ चलचित्रको छायांकनमा जाने तयारीमा रहेको पनि बताइएको छ ।समाचार स्रोतका अनुसार कोरोनाको कथामा निर्माण हुने बताइएको उक्त चलचित्र प्रेमकथालाई कोरोनाको कथासँग जोडेर निर्माण गरिन लागेको पनि बताइएको छ ।यसै क्रममा निर्माण टिमले चलचित्रका लागी नयाँ अनुहारको खोजी गर्न थालेको र अडिसनको माध्यमबाट नयाँ नायक चयन गरिने पनि बताइएको छ ।यस अघी निर्देशक सुदर्शन थापा निर्देशित चलचित्रहरुमा अभिनय गरेका नायक हरु प्रदिप खड्का, पल शाह, आकाश श्रेष्ठले नेपाली चलचित्रको बजारमा राम्रै स्थान बनाइरहेको छ ।साथै समाचार स्रोतका अनुसार निर्देशक सुदर्शन थापा चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रदशन अगावै उक्त चलचित्रको छायांकनमा निस्किने तयारीमा रहेको पनि बताइएको छ ।