14th June 2020

आउँदो बर्षमा चलचित्र प्रेम गीत ३ लाई प्रदशन गर्ने तयारीमा निर्माता सन्तोष सेन ।

जेठ,३२,२०७७ ।गत वर्षको चैत २८ गते लाई प्रदर्शन मिती तय गरेको चलचित्र प्रेम गीत ३ आउदो दशै वा बर्ष ७८ को नयाँ बर्षमा प्रदशनमा ल्याउने बताइएको छ ।कोरोना भाइरसको उच्च जोखिम लाई मध्य नजर गर्दै सरकारले बिगत ३ महिना देखी देशमा लकडाउनको घोषणा गरे सँगै। निर्माण कार्य सम्पन्न भै प्रदशनको तयारीमा रहेका चलचित्रहरुको प्रदर्शन र निर्माण घोषणा गरिएका चलचित्रको निर्माण र छायाकनमा निस्किएका चलचित्रहरुको छायाकन स्थगित हुन पुगेको अवस्थामा । चलचित्र प्रेम गीत ३ का निर्माण टिमले उक्त जानकारी दिएका हुन ।कोरोना भाइरसको कारण नेपाली चलचित्रको प्रदर्शनको वातावरण कहिले बन्छ, टुंगो नभएको र सरकारले लकडाउन खुलाए पनि सिनेमा हलमा ६ महिनासम्म नयाँ चलचित्र प्रदर्शन हुने सम्भावना न्यून रहेको छ ।यसै क्रममा चलचित्र प्रेम गीत ३ का निर्माता तथा यसै चलचित्र बाट निर्देशनमा डेब्यु गरेका कलाकार निर्माता तथा निर्देशक सन्तोष सेनले लकडाउन खुलेको ६ महिनासम्म हलमा फिल्म प्रदर्शन गर्ने वातावरण नहुने देखेपछि चलचित्रको को प्रदर्शन आगामी दशैं नभए नयाँ वर्षमा गर्ने सोच बनाएका हुन। सेनले समाचार स्रोतलाई बताए अनुसार एक महिनामा पोष्ट प्रोडक्सनको सम्पूर्ण काम सकिने र यो भयावह स्थिति तत्कालै सामान्य भए आगामी दशैं नभए २०७८ सालको नयाँ वर्षमा फिल्म प्रदर्शन गर्ने बताएका हुन । साथै निर्माता तथा निर्देशक सेनले चलचित्र‘प्रेमगीत ३’ ठूलो लगानीमा निर्माण भएका कारण हल खुल्न साथ प्रदर्शन गरेर जोखिम उठाउन नसक्ने पनि बताएकाअ छन ।निर्माण टिमले चलचित्रमा समाबेश दुई गीत र टिजर सार्वजनिक गरिसकेको चलचित्रमा छेतेन गुरुङ र सन्तोष सेन निर्देशना रहेको छ ।प्रदीप खड्का, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको अभिनय रहेको यसै चलचित्र बाट नव नायिका क्रिस्टिना गुरुङले नेपाली रजतपट मा नायिकाको रुपमा डेब्यु गर्दै छिन ।