12th June 2020

नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङ खेतीपातीमा रमाउदै ।

जेठ,३०,२०७७ ।नेपाली गीत संगीतका चर्चित गायक अमृत गुरुङ यती बेला खेती किसानीमा रमाइ रहेका छन ।चर्चित गीत संगीत मार्फत लाखौ लाख नेपाली दर्शक स्रोताहरुको मन जित्दै आएका नेपथ्य ब्याण्डका यि चर्चित गायकले लक डाउनको समय लाई सदुपयोग  गर्दै खेतिपातीमा रमाउन पुगेका हुन । गायक अमृत गुरुङले आफ्नो पुर्ख्यौली खेतीपातीमा रमाइ रहेको सार्वजनिक तस्बिरमा उनलाई हाप पाइन्ट्, टिसर्ट र ह्याटमा देख्न सकिन्छ ।साथै उनलाई कहिले साना कान्लामा मकै गोडमेल गरिरहेको  त कहिले गाईवस्तुको गोठमा जंगली साग केलाइरहेको अवस्थामा देख्न सकिन्छ ।यसै क्रममा गायक गुरुङले भर्खरै मात्र खेतमा मनमग्न भएर धान रोपिरहेका तस्वीर सार्वजनिक गर्दै लेखेका छन आज दिनभर ‘परेली’ सँगै लागेर खेतीमा खटियो। बेस्सरी रमाइलो भयो। अब बाँकी खेती असार १५ लाई । खुशीको कुरा, हाम्रोमा ‘परेली’ लाउने चलन अझै छ। गाऊँमा सबैको खेतमा गाऊँकै सामुहिक-सामुदायिक श्रम आदान प्रदानबाट पहिले देखि गाऊँको खेती धानिएको थियो। हामी त्ससलाई निरन्तरता दिने प्रयासमा छौं। ‬