10th June 2020

नेपाली चलचित्रकी नायिका निरिषा बस्नेत लाई कोरोना संक्रमण ।

जेठ,२८,२०७७ ।नेपाली चलचित्रको बजारमा चलचित्र जानी नजानी बाट नायिकाको रुपमा डेब्यु गरेकी नायिका निरिषा बस्नेतमा कोरोना संक्रमण देखिएको छ ।भारतीय बिभिन्न सिरियल हरुमा काम गर्दै आएकी र बलिउड प्रवेशका लागि पनि लामो समयदेखि भारतको मुम्बईमा बसेर संघर्ष गरिरहेकी नायिका निरिषा लाई छाति दुख्न थालेपछि उनले कोरोनाको परिक्षण गराएकी थिइन् । पीसीआर परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिए पछी हाल उनि चिकित्सकको निगरानीमा रहेको जानकारी उनले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत् दिएकी छिन ।साथै उनले आफू चाँडै निको भएर घर फर्किने विश्वास पनि व्यक्त गरेकी छन् । गत वर्ष प्रदर्शनमा आएको चलचित्र जानी नजानी बाट नेपाली रजतपट मा डेब्यु गरे पनि उनको डेब्यु त्यती सुखद भन्ने बन्न सकेको थिएन ।साथै  बक्सअफिसमा उनि अभिनित चलचित्र असफल भए पनि दर्शक तथा समीक्षक हरुले उनको अभिनयको भने प्रशंसा गरेका थिए । बरिष्ठ  अभिनेता पिता विश्व बस्नेतकी छोरी समेत रहेकी नायिका निरिषाले भारतीय सिरियल ‘चन्द्र नन्दिनी’मा मुख्य भूमिका निभाएकी थिइन् । उनले आफूमा कोरोनाको संक्रमण देखिएको बताएपछि यती बेला सामाजिक सञ्जाल मार्फत चलचित्रकर्मी र शुभचिन्तकहरुले उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।