09th June 2020

महानायक राजेश हमाल लाई जन्मदिन को शुभकामना । 

जेठ,२७,२०७७ ।चलचित्र युग देखी युग सम्म बाट नेपाली रजतपटमा डेब्यु गरी महानायकको उपाधी पाउन सफल महानायक राजेश हमालको आज जन्मदिन परेको छ ।९ जुन, १९६४ मा पाल्पाको तानसेनमा पिता चुडा बहादुर हमाल र माता रेनु हमालको कोखबाट जन्मिएका । नेपाली चलचित्र क्षेत्रमा लामो समय सम्म एक क्षत्र राज गर्न सफल चर्चित नायक राजेश हमाल आज आफ्नो परिवारसँग मनाउँदैछन् । लक डाउनका कारण सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसक्ने भएकाले पनि हमालको जन्मदिन परिवारसँगै वित्न लागेको हो । ३ सय भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका हमालको सक्रियता  अझै पनि नेपाली चलचित्रको क्षेत्रमा उस्तै छ ।नायक हमालले बोल्ने गरेको ‘हे…’ भन्ने शब्द लाई आज पनि दर्शक हरुले उतिकै मन पराउदै आएका छन ।उनले अभिनय गरेका चलचित्र ‘बसन्ती, देउता, भाउजु, यूगदेखि यूगसम्म, शंकर, भरिया, सिमाना, कसम, पृथ्बी, अल्लारे, अपराध, अग्नी परिक्षा, ढुकढुकी, भिष्म प्रतिज्ञा अवतार छोरी बुहारी लगाएतका चर्चित छन ।साथै महानायक हमाल ले चलचित्रमा बोलेको संवाद ‘शंकर हुँ म शंकर’ योहात साथी को लागी सलाम दुश्मन को लागी फलाम लगाएतका बोल रहेको संवाद हमालको फिल्मी करिअरकै सर्वाधिक सफल र चर्चित संवाद मानिन्छ ।पछिल्लो केही बर्षयता देखी चलचित्र अभिनयबाट केही टाढा रहदै आएका हमाल आफै नयाँ चलचित्र निर्देशनको तयारीमा रहेको र आगु लाई अफर आएका चलचित्रहरुलाई पनि अस्विकार गर्दै आएका छन्।नेपाली चलचित्र क्षेत्रमा आफ्नो  नाम सधै उच्च स्थानमा राख्न सफल महानायक  हमालको व्यक्तित्व, बोल्ने शैली र गम्भिर शैली लाई दर्शक हरुले मन पराउदै आएका छन ।२०४८ सालमा प्रदर्शनमा आएको चलचित्र ‘युगदेखि युगसम्म’ बाट अभिनय यात्रा शुरु गरेका हमालले उक्त चलचित्रमा अभिनय गरे पछी कहिल्यै पनि पछाडी  फर्केर हेर्नुपरेको छैन  । काँचको पर्दामा शहरियादेखि गाउँले युवकको भूमिकासम्म निर्वाहा गरेका उनलाई नेपाली चलचित्रको बजार मा ‘बौद्धिक नायक’ को रुपमा पनि चिन्ने गरिन्छ । मस्कोबाट विद्यालय स्तरिय  र  भारतको पञ्जाब विश्वविद्यालयबाट उच्च शिक्षा (एम ए अङ्ग्रेजी)पूरा गरेका अभिनेता हमालले कक्षा ८ सम्मको शिक्षा काठमाडौंमा रहेको सेन्ट जेभियर स्कूलबाट गरेका थिए ।र्‍यापमा हिँडेर ग्ल्यामरमा दुनियाँमा प्रवेश गरेका महानायक हमालले एक वर्षमा  १० देखि १२ वटा सम्म चलचित्रहरुमा अभिनय गर्ने गर्दथे । सन् १९९४ मा त उनले १६ वटा फिल्ममा अभिनय गरेको बताइएको छ। राष्ट्रिय नागरिक गोल्डेन अवार्ड, राष्ट्रिय चलचित्र पुरस्कार जस्ता पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका हमालले ५० वर्षको उमेरमा प्रेमिका मधु भट्टराई सँग बैवाहिज जिवन मा बाधिएका थिए । यिनै नेपाली चलचित्रका सर्वाधिक सफल महानायक राहेश हमाल लाई  जन्मदिनको लाखौ लाख शुभकामना ।