08th June 2020

दर्शकहरुले सिधै टेलिभिजनको पर्दामा हेर्न पाउने अभिनेता सबिन सविन श्रेष्ठ र अभिनेत्री रेखा थापा अभिनित चलचित्र हिरो रिट्रन्स ।

जेठ,२६,२०७७ ।अभिनेता सबिन सविन श्रेष्ठ, अभिनेत्री रेखा थापा र अभिनेता दिल श्रेष्ठको मुख्य भूमिका एक्सन र लभ स्टोरी कथामा निर्मित चलचित्र हिरो रिट्रन्स अब लाई अब दर्शक हरुले सिधै टेलिभिजन को पर्दामा हेर्न पाउने भएका छन ।चलचित्रको ठुलो पर्दामा प्रदशन हुन बाकी रहेको चलचित्र लाई अब डीस होमबाट रिलिज गरिन लागेको बताइएको छ ।समाचार स्रोतका अनुसार अभिनेता सविन श्रेष्ठ निर्माता रहेको चलचित्र ‘हिरो रिटर्न्स’को  निर्माण सम्पन्न भएको लामो समय भैसकेको र चलचित्र लाई निर्माण टिमले गएको बैशाखको अन्तिम सातालाई प्रदशन मिती तय गरेको मा लक डाउनका कारण चलचित्र ‘हिरो रिटर्न्स’ निर्धारित समयमा प्रदशन हुन सकेको थिएन । बारम्बार चलचित्रको प्रदर्शन मिति स्थगित हुँदै गएपछि अब यो चलचित्रको निर्माणपक्षले चलचित्रलाई अन्य प्लेटफर्मबाट रिलिज गर्ने तयारी थालेको बताइएको हो ।यसै क्रम मा चलचित्र लाई निर्माण टिमले चलचित्र लाई डीस होमबाट आउदो शुक्रवार जेठको ३० गतेबाट रिलिज गरिन लागेको बताइएको छ ।निर्देशक आशिष भेटवालको निर्देशनमा निर्मान भएको चलचित्रमा सविन श्रेष्ठ, रेखा थापा र दिल श्रेष्ठको मुख्य भूमिका रहेको छ ।