07th June 2020

सनातन धर्ममा विश्वास गर्ने नायक अनमोल र नायिका सुहाना थापा । 

जेठ,२६,२०७७ ।नेपाली चलचित्रको बजारमा चर्चामा रहेका नायक नायिका हरुमा एक चर्चित जोडी हुन नायक अनमोल के,सी र नायिका सुहाना थापा ।जुन जोडीले पहिलो पटक निर्देशक झरना थापाको निर्देशनमा निर्मित चलचित्र ए मेरो हजुर ३ मा एक साथ अभिनय गरेका थिए ।उक्त चलचित्र नायिका सुहाना थापाको डेब्यु चलचित्र रहेको थियो ।नेपाली चलचित्रका युवा स्टार अनमोल केसीको साथमा अभिनयमा डेब्यु गरेकी नायिका सुहानाले पहिलो चलचित्र बाट नै सफलता को सिंडी चड्न सफल भएकी थिइन ।कृष्ण भत्त रहेका नायक अनमोल र नायिका सुहानाले चलचित्र ‘ए मेरो हजुर ३’ को सफलता पछी चलचित्र ए मेरो हजुर  ४ मा जोडी भएर अभिनय गरिरहेका छन ।जुन चलचित्रको छायाकन यती बेला  लकडाउनका कारण स्थगन भएको छ ।चलचित्र ए मेरो हजुर ४ को छायाकन चलिरहदा कोरोना भाइरसको कारण छायाकन स्थगित भए पछी घरमा रहदै आएका यि जोडीले गत मंगलवर जेठ २० गते बुढानिलकण्ठको स्कोन हरेकृष्ण मन्दिरमा पुगेर भजन कृतन गर्दै बारीमा बिरुवा समेत रोपेका छन । तुलसीको बिउ राख्ने दिन अर्थात् निर्जला एकादसीको ब्रत बसेर अनमोल र सुहानाले हरेकृष्ण मन्दिरमा यी कार्य गरेका हुन् । उक्त अवसर मा पहिलो चलचित्र हिस्टल बाट नै सबैका प्रिय नायक बन्न सफल अमोलले मन्दिरमा गितार बजाउँदै भजन समेत गाए थिए भने नायिका सुहानाले जल अर्पण गरेकी थिइन्।सोची सम्झी बोल्ने नायक अनमोल सँगै नायिका सुहाना थापा सनातन धर्ममा विश्वास गर्ने गर्दछन्।