05th June 2020

नेपाली चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डमा निर्देशक दयाराम दाहाल नियुक्त ।

जेठ २३,२०७७ ।निर्देशनको साथ साथै नेपाली चलचित्रको बजारमा गीतकार तथा निर्माता समेतको राम्रो परिचय बनाएका सफल निर्देशक दयाराम दाहाल चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन् । नेपाली चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डमा ।केशव भट्टराईको असामयिक निधनपछि रिक्त रहेको बोर्ड अध्यक्षमा बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र ठुल्दाइ, ढुकढुकी. दाइजो,म तिमी बिना मरी हल्छु ,दौतरी लगाएत सफल चलचित्रहरुको निर्देशन गरी नेपाली चलचित्रको बजार मा एउटा छुट्टै छाप छोड्न सफल निर्देशक दाहाललाई २ वर्षका लागि नियुक्त गरेको हो । निर्देशक दाहाल वर्तमान चलचित्र विकास बोर्डका सदस्य समेत हुन् ।केशव भट्टराईको असामयिक निधनपछि रिक्त रहेको बोर्ड अध्यक्षका लागि दश जनाले सूचना तथा सञ्चार मन्त्रालयमा आवेदन दिएकोमा मन्त्रिपरिषद्मा अभिनेता भुवन केसी, सांस्कृति संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा र दाहालको नाम पुगेको थियो । मन्त्रिपरिषद्ले यि ३ जनामध्ये निर्देशक दयाराम दाहाल लाई चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि योग्य ठहर्‍याउँदै नियुक्त गर्ने निर्णय गरेको हो ।