04th June 2020

लक डाउनमा 'भागवत गीता' र ‘महाभारत’ पढ्दै नायक अनमोल के,सी ।

जेठ,२२,२०७७ ।नेपाली कथानक चलचित्र होस्टल बाट अभिनय यात्रा शुरु गरी नेपाली चलचित्रको बजारमा छाउन सफल भएका नायक हुन अनमोल के सी ।चलचित्र होस्टल हुँदै चलचित्र जेरी,द्रीम्स,गाजलु,क्याप्टेन ए मेरो हजुर ३ र  कृ जस्ता सफल चलचित्रहरुमा अभिनय गरिसकेका नायक अनमोल के सीले नेपाली दर्शक हरुको मन जित्दै नेपाली चलचित्रको बजारमा मेघा स्टार नायकको उपाधी पनि पाउन सफल भैसकेका छन ।यसै क्रममा चलचित्र ए मेरो हजुर ४ को छायाकन मा ब्यस्त हुँदै आएका उनै नायक अनमोल के सी यती बेला भने लक डाउन काकारण घर भित्रै रहन बाध्य भएका छन । निर्देशक झरना थापाको निर्देशनमा निर्माण भै रहेको चलचित्रको छायाकन चलिरहदा कोरोना भाइरसको त्रासका कारण सरकारले देशमा डाउन को घोषणा गरे पछी चलचित्र ए मेरो हजुर ४ को निर्माण टिमले चलचित्र छायाकन स्थगित गर्न बाध्य भएका थिए ।लक डाउनका कारण बिगत २ महिना भन्दा लामो समयदेखिको घर भित्रै रहदै आएका अनमोल यो फुर्सदिलो समयमा धार्मिक पुस्तकहरु पढेर समय बिताइरहेका छन ।स्रोतका अनुसार ५ बर्षदेखि भगवान् कृष्णको भक्त रहेका नायक केसीले लक डाउनको समयमा आफूले ‘भागवत गीता’ पढिसकेको र ‘भागवत गीता पढ्दा मनलाई शान्ती मिल्छ । जीवनलाई सामान्य तरिकाले विताउनुपर्छ भन्ने मैले सिकेको छु बताएका छन ।त्यसै गरी नायक अनमोलले अहिले ‘महाभारत’ पढिरहेको पनि बताइएको छ ।शाकाहारी समेत रहेका नायक केसीले ‘भागवत गीता, महाभारत पढिरहँदा आफुले जीवनको परिभाषा वुझेको छु । जीवनलाई सोच्ने तरिका बदलिएको छु । मन शान्त र एकाग्र भएको बताएका छन ।