03rd June 2020

दर्शक हरुको मनोरञ्जन को लागी घर घर मै लिएर आँउदै बि एम एच डी टेलिभिजन सुपर हिट नेपाली चलचित्र हरु ।

जेठ,२१,२०७७ ।पछिल्लो समय नेपाली दर्शक हरुको मनोरञ्जनको साथी बन्दै आएको बि एम एच डी टेलिभिजनले हरेक दिन दैनिक चार शो नयाँ पुराना नेपाली कथानक चलचित्रहरु प्रशारण गर्दै आइरहेको छ ।लक डाउनका कारण घर भित्र बस्न बाध्य भएका दर्शक हरुको लागी यती बेला बि एम एच डी टेलिभिजन मनोरञ्जन को साधन बन्न सफल हुनु का साथै नेपाली चलचित्रका दर्शक हरुको लागी नेपाली चलचित्र लाई नजिक बाट नियाल्ने एउटा सुवर्ण अवसर र नेपाली चलचित्र प्रती दर्शकरुको झुकाव बढाउने सकारात्मक कदम पनि चालेको अनुमान लगाउन सकिन्छ । साथै यती बेला बि एम एच डी टेलिभिजन लक डाउनका कारण घर भित्र बस्न बाध्य भएका दर्शक हरुको लागी समय कटाउने एउटा सजिलो माध्यम पनि बनिरहेको छ ।यसै क्रममा बि एम एच डी टेलिभिजन बाट आउदो असार १ गते बाट नयाँ पुराना सुपर हिट नेपाली कथानक चलचित्रहरु प्रशारण गर्ने तयारीमा रहेको छ ।दर्शक हरुले बि एम एच डी टेलिभिजन बाटहाउ फन्नी,प्रेम गीत, साँघुरो, रोज, गोपी । कबद्दी, दी ब्रेक अप, स्टुपिड मन, कारखाना, ब्ल्याक, वडा न ६, होष्टल रिट्रन्स,रामकहानी, घर, साली कस्को भेनाको, कान्छी,लिली बिली ,कायरा, मुना मदन, पोइ पर्यो काले, इण्टु मिण्टु लण्डनमा, मारुनी, झोला लगाएतका चलचित्रहरु हेर्न पाउने भएका छन ।जुन चलचित्रहरु लाई दर्शक  हरुले उत्सुक्ताको साथ प्रतिक्षा गरिरहेको पनि बुझ्न  सकिन्छ ।