16th May 2019

चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान तथा पुरस्कार घोषणा ।

जेठ,२,२०७६ ।चलचित्र पत्रकार संघ नेपालले जेठ ०७ गते २०औँ स्थापना दिवसको अवसर पारेर आयोजना गर्ने भव्य कार्यक्रममा । ’चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान’पुरस्कार यसबर्ष चलचित्र पत्रकारितामा लामो समयदेखी क्रियाशिल रहि अतुलनिय योगदान दिएका दुई जना वरिष्ठ पत्रकारलाई ’चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान’ प्रदान गर्ने भएको छ । संघले चलचित्र पत्रकार संघ नेपालका सदस्य तथा इमेज एफएम र हिमालय टेलिभिजनमा कार्यरत नरेश भट्टराई,संघका सदस्य तथा भिजन संसार डटकमका सम्पादक श्याम स्मृतलाई चलचित्र पत्रकारितामा र्पुयाएको योगदानको कदर गर्दै चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान प्रदान गर्न लागिएको हो ।यसैगरी संघका पूर्व कार्यसमिती सदस्य तथा रातोपाटी डटकममा कार्यरत कुवेर गिरी र संघकी पूर्व कार्यसमिती सदस्य तथा एबिसी टेलिभिजनमा कार्यरत शारदा थापालाई पनि चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय २०७६ जेठ ०१ गते बुधवार बसेको संघको कार्यसमिती बैठकले राष्ट्रिय सम्मान तथा पुरस्कार सम्बन्धी निर्णय गरेको छ । चलचित्र पत्रकारितामा देखिएको सक्रियता र योगदानको कदर गर्दै गिरी र थापालाई पुरस्कार स्वरुप नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी प्रदान गरिनेछ ।त्यस्तै बैठकले संघका सदस्य तथा मेरोफिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई पनि चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । विनोदलाई दिन लागिएको प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहनेछ ।