02nd June 2020

निर्देशक सुदर्शन थापाको चलचित्र बाट सफलता पाएका नायक नायिका ।

जेठ,२०,२०७७ ।निर्देशक सुदर्शन थापा लाई नेपाली चलचित्रको बजारमा सफल निर्देशकको रुपमा लिइने गरिन्छ ।साथै निर्देशक थापा लाई नेपाली चलचित्र क्षेत्रमा स्टार नायक नायिका भित्र्याउने निर्देशकको रुपमा पनि चिनिने गरिन्छ ।निर्देशक सुदर्शन थापा निर्देशैत चलचित्र हरु बाट केहि चलचित्रमा अभिनय गरे पनि सफलता हात पार्न नसकेका अहिलेका स्टार नायक प्रदीप खड्का,पल शाह नायिका पुजा शर्मा,नायक आकाश श्रेष्ठ अहिले नेपाली चलचित्रको बजारमा चल्तीका नायक नायिका मा आफु हरु लाई स्थापित गराउन सफल भएका छन ।नेपाली चलचित्रको बजारमा चलचित्र ‘प्रेमगीत’बाट नायक प्रदीप खड्का र नायिका पुजा शर्मा चलचित्र म यस्तो गीत गाउछु बाट नायक पल शाह र चलचित्र रामकहानी बाट नायक आकाश श्रेष्ठ स्टार बन्न सफल भएका छन ।लभ स्टोरी चलचित्रको निर्माण र निर्देशनमा नेपाली चलचित्रको बजार र दर्शकहरु माझ एउटा छुट्टै छाप छोड्न सफल निर्देशक सुदर्शनका यि चलचित्र हरुमा अभिनय गरे पछी नायक प्रदीप खड्का पल शाह आकाश श्रेष्ठ र नायिका पुजा शर्माको फिल्मी क  रि यर उकालो लागेको थियो ।त्यसै गरी नायक पल शाहले म्युजिक भिडियो हुँदै चलचित्र ‘नाई नभन्नु ल ४’बाट नेपाली रजतपट मा नायकको रुपमा डेब्यु गरे पनि उनले चलचित्र ‘म यस्तो गीत गाउँछु’मा अभिनय गरे पछि भने उनको क्रेज चुलिएको थियो । त्यस पछी चलचित्र ‘जोनी जेन्टलम्यान, वीर विक्रम २’ ‘शत्रु गते’मा अभिनय गरेका उनै नायक पल शाह निर्देशक सुदर्शन थापा कै निर्देशनमा निर्मित चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रदशन को पर्खाइ मा रहेका छन । त्यसै गरी चलचित्र ‘थ्री लभर्स, मेरो बेष्ट फ्रेन्ड’ जस्ता चलचित्रमा अभिनय गरिसकेकी नायिका पूजा शर्माले पनि चलचित्र प्रेम गीत बाट स्टार नायिकाको उपमा पाउन सफल भएकी थिइन । चलचित्र ‘थ्री लभर्स, मेरो बेष्ट फ्रेन्ड’ र निर्देशक सुदर्शन कै चलचित्र ‘मधुमास र चंखे शंखे पंखे’मा काम गरेपनि आफु लाई स्थापित गराउन असफल भएकी नायिका पुजा चलचित्र प्रेम गीत बाट भने सफलता पाउदै नेपाली चलचित्रको बजार मा आफु लाई स्थापित गराउन सफल भएकी थिइन ।यती बेला नायिका पुजा शर्मा लाई नेपाली चलचित्रको बजारमा सर्वाधिक रुचाइएको र दर्शक हरुको खोजिने नायिकाको रुपमा लिइने गरिन्छ ।सुदर्शनसँग निरन्तर सहकार्य गरिरहेकी नायिका पूजाले त्यस पछी चलचित्र ‘म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २’ सम्हालिन्छ कहिले मन लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन । त्यस्तै चलचित्र ‘म त तिम्रै हुँ, ब्ल्याक’ तिमी सँग लगाएतका केहि चलचित्र हरुमा अभिनय गरेपनि आफु लाई नेपाली चलचित्रको बजारमा स्थापित गराउन सघर्ष गरिरहेका नायक आकाश श्रेष्ठले पनि निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्मित चलचित्र ‘रामकहानी’मा अभिनय गरे उनी नेपाली दर्शक हरुको नजरमा पर्न सफल भएका थिए ।चलचित्र रामकहानी पछी चलचित्रको अभाव खेप्नु नपरेका नायक आकाशले त्यस पछी चलचित्र ‘पोई पर्यो काले, सम्हालिन्छ कहिले मन, संझना विर्सना’ लगायतका चलचित्रहरुमा अभिनय गरिसकेका छन् ।यसै क्रममा उनै निर्देशक सुदर्शन थापाले समाचार स्रोत लाई आफूले अहिलेसम्म स्टार कलाकारसँग काम नगरेको र जतिपनि आफु सँग काम गरेका कलाकार छन् उनीहरुलाई स्टार बनाएको छु बताएका छन्। निर्देशक सुदर्शन थापा निर्देशित पहिलो चलचित्र मेरो एउटा साथी छ मा अभिनय गरे पछी नेपाल चलचित्रका चकलेटी नायक आर्यन सिग्देलले पनि चर्चा बटुल्न सफल भएका थिए ।