31st May 2020

बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन ।

जेठ,१८,२०७७ ।चलचित्र ‘जीवन रेखा’ बाट अभिनय करिअर सुरुवात गरेका बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ ।लामो समयदेखि सुगर, प्रेसर जस्ता रोगबाट पीडित बरिष्ठ कलाकार जयनन्द ९१ वर्षको उमेरमा निधन भएको छ । सयभन्दा बढी चलचित्र,थुप्रै टेलिसिरियल र म्युजिक भिडियोमा समेत जीवन्त अभिनय गरेका कलाकार जयनन्द को आइतवार बिहान आफ्नै निवास एकान्त कुनामा निधन भएको हो । उनको आइतवार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।पछिल्लो समय कलाकार ठकुरी प्यारालाइसिसका कारण लामो समय ह्विलचियरमा विभिन्न कार्यक्रममा सहभागी हुने गरेका थिए । विना कसैको सहारा उठ्न पनि नसक्ने अवस्थाम पुगेका उनको कहिलेकाहिँ बोली आउने र जाने गरेको पनि पारिवारिक स्रोतले जानकारी दिएको छ । बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरी एक छोरी र श्रीमती सँग बस्दै आएका थिए । कलाकार ठकुरी ले  पछिल्लो पटक अभिनयाँ गरेको चलचित्र‘भागी भागी नजाऊ’ रहेको छ्। उनले ‘विश्वास’, ‘भाग्य रेखा’, ‘फेरि भेटौँला’, ‘मायालु’, ‘युद्ध’ लगायत भारतीय चलचित्र‘पञ्चओटी’ र पाकिस्तानी एक चलचित्रमा समेत अभिनय गरेका छन् ।