31st May 2020

महानायक राजेश हमालले रुकुम घटना लाई लिएर ब्यक्त गरे आक्रोश ।

जेठ,१८,२०७७ ।नेपाली चलचित्रका महानायक राजेश हमालले रुकुम घटनाप्रति आक्रोश व्यक्त गरेका छन् । अभिनेता राजेश हमालले रुकुम घटना र हत्यामा संलग्न व्यक्तिलाई कानुन बमोजिम सजाय दिनुपर्ने बताएका छन् । त्यसै गरि उनले जाजरकोटमा भएको घटनाले आफूलाई स्तब्ध मात्र नभइ आक्रोशित पनि बनाएको बताएका छन् । कोरोनाको महामारीले देश थिलथिलो भएको अवस्थामा गएको हप्ता यस घटनाले यती बेला सिंगो देश नै स्तब्ध भएको समयमा ।महानायक हमालले शनिवार साँझ एक भिडियो सन्देश मार्फत उनले एउटा व्यक्तिले अर्को व्यक्ति वा एउटा समुदायले अर्को समुदायलाई जात, पृष्ठभूमि र पेशाको आधारमा गालीगलौच, अपमान र अपराधिक क्रियाकलाप गर्ने अधिकार नभएको भन्दै त्यस्तो व्यबहार गर्ने व्यक्ति अपराधी रहेको बताएका हुन । त्यसप्रकारका व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने उनको माग रहेको छ ।साथै माहानायक हमालले जाजरकोट घटनाको निन्दा गर्दै ‘अहिलेको समयमा कुनै पनि चेतनशिल नागरिकका लागि यसप्रकारको अपराधिक गतिविधि स्वीकार्य नभएको र एउटा कायर र आफूमा आत्मविश्वास नभएको व्यक्तिले मात्रै अर्को व्यक्ति वा समुदायलाई जात वा वर्गको आधारमा अपमान गर्ने प्रयास गर्ने गरेको बताएका छन ।