29th May 2020

अब हामी माझ रहेनन घुम्तिमा न आउ है का सर्जक रत्न शमशेर । 

जेठ,१६,२०७७ ।ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो, घुम्तिमा न आउ है, आफ्नै गाँउ फर्कि आए,गोरेटो त्यो गाँउको ,जाग लम्क चम्क हे नौँ जवान हो ,स्वर्गकि रानी लगायत सयौं अजर अमर गीत हरु नेपाली गीत संगीत प्रेमी दर्शक स्रोताहरु लाई दिइसकेका र नेपाली सांगीतिक क्षेत्रमा अमुल्य योगदान दिनु भएक अमर श्रष्टा तथा नेपाली गीति लेखन क्षेत्रका वरिष्ठ गीतकार रत्नसम्शेर थापाको निधन भएको छ ।नेपाली गीत संगीत को क्षेत्र मा सयौ काल जयी गीत हरु को रचना गर्नु भएका  गीतकार रत्नशमशेर थापाको बिहीबार दिउँसो १२ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको समाचार स्रोत लाई संगीतकार महेश खड्काले जानकारी दिएका हुन ।स्रोत का अनुसार गीतकार रत्नशमशेर थापा लाई बुधबार बेलुकी अस्वस्थ भएपछि उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । उनको ८३ वर्षको उमेरमा निधन भएको हो ।