29th May 2020

बि एम एच डी टेलिभिजन शनिवार लिएर आउँदै चलचित्र मारुनी ।

जेठ,१६,२०७७ ।निर्देशक नवल नेपालको निर्देशन र निर्मात्री पुनम गौतमको निर्माणमा त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण गरिएको चलचित्र हो मारुनी ।जुन चलचित्रमा नेपाली चलचित्रका दर्शक हरुले निकै रुचाएकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह,पछिल्लो समय नेपाली चलचित्रको बजारमा ब्यस्त बन्दै गएका नायक पुष्प खडका र नायिका रेबिका गुरुङको मुख्य अभिनय रहेको छ ।नेपाली चलचित्रको बजारमा गत बर्षको भदौ १३ गते प्रदशनमा आएको चलचित्रले नेपाली दर्शक हरुको मन जित्दै सफल ब्यापार ब्यवसाय गर्न सफल भएको थियो ।साथै दर्शकहरुले चलचित्रको कथा प्रस्तुती गीत संगीत र चलचित्रमा कलाकारहरुले गरेको अभिनयको प्रशंसा गरेका थिए ।साथै उक्त चलचित्र लाई जापान अष्ट्रेलिया अमेरिका युरोप का बिभिन्न देश लगाएत खाडी मुलुक हरुमा पनि प्रदशन गरिसकिएको छ ।यसै क्रममा चलचित्र मारुनी लाई अब यो लक डाउनको समयमा घर मा बस्दै आएका नेपाली दर्शक हरुको मनोरञ्जन लाई ख्याल राख्दै जेठ १७ गते शनिवार राती ८ बजे  बि एम एच डी टेलिभिजन बाट प्रशारण गरिदै छ । पहिलो पटक नायिका साम्राज्ञी र नायक पुष्पले एक साथ स्क्रिन सेयर गरेको र पारिवारिक चलचित्र निर्माण गर्नको लागी सफल मानिएका निर्देशक नवल नेपाल निर्देशित चलचित्र मारुनी लाई बैशाख ३१ बुधवार बाट रिलिज गरिएको हो ।चलचित्र मारुनीले प्रदशन ताका दर्शक हरु बाट सकारात्मक प्रतिकृया बटुल्न सफल भएको थियो ।नेपाली सिनेमा हरेकको मनमा सोलो गन का साथ प्रशारण शुरु भएको टेलिभिजन बि एम एच डी बाट यती बेला नयाँ पुराना नेपाली कथानक चलचित्र हरु प्रशारण भैरहेको छ ।दैनिक चार शो प्रशारण हुने यस टेलिभिजन पछिल्लो समय लक डाउनका कारण घर भित्रै बस्न बाध्य भएका दर्शक हरुको मनोरञ्जन को साथी बन्न पनि सफल भैरहेको छ ।यसै क्रममा हाल नेपाली चलचित्र हरु मात्र प्रशारण हुँदै आएको यस टेलिभिजन बाट टेलिभिजन स्रोतले जानकारी दिए अनुसार भावी दिन मा दर्शक हरुको मनोरञ्जन लाई ख्याल राख्दै उच्च  स्तरिय मनोरञ्जनात्मक कार्यक्रम हरु ल्याउने तयारीमा टेलिभिजन टिम रहेको पनि बताइएको छ ।