28th May 2020

चलचित्र  ‘गोर्खा वारियर'को टीजर सार्वजनिक ।

जेठ,१५,२०७७ ।बिगत दुइ महिना देखी देश लक डाउन मा रहे सगै सिनेमा घर चलचित्र छायाकन तथा चलचित्र निर्माण संबन्धी अन्य काम हरु शुन्यको अवस्थामा रहेको समयमा नेपाली कथानक चलचित्र  ‘गोर्खा वारियर'को टीजर सार्वजनिक गरिएको छ । चलचित्रको प्रचार प्रसार को क्रम मा सार्वजनिक गरिएको उक्त टिजर केहि अन्तराष्ट्रिय शासकहरुले गोर्खा सैनिकको बारेमा भनेका भनाईहरु तथा विभिन्न गोर्खा रेजिमेन्टसले मानेका तथ्यहरु समेटेर सार्वजनिक गरिएको छ ।निर्देशक मिलन चाम्सको निर्द्शन मा निर्मित चलचित्रको सार्वजनिक टीजरलाई निर्माण तिमले ‘टेस्ट टीजर’ भनेका छन् । निर्देशक मिलन का अनुसार हलीउड चलचित्रहरुले यस प्रकारको टीजर बनाउने गरेको र आफुले पनि चलचित्र  ‘गोर्खा वारियरको प्रचार प्रसार को लागी सोही फर्मुला प्रयोग गरेको बताएका छन्। अहिले सार्वजनिक गरिएको टीजरमा देखिने दृश्यहरु केवल चलचित्रको थीम मात्र रहेको तर फिल्ममा भने नहुने पनि निर्देशक मिलनले स्रोत लाई बताएका छन ।चलचित्रमा क्याप्टेन विजय लामा ,दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्दि तामाङ, माओत्से गुरुङ, कविता आले, रुपा पुन लगायतको अभिनय रहनेछ । कोरोना भाइरसको महामारी अन्त्यपछि छायांकन हुने यस फिल्ममा केहि हलिउड कलाकारको पनि अभिनय रहने  बताइएको यस चलचित्र बाट्रितेश चाम्सले नेपाली चलचित्रको बजार मा डेब्यु गर्नेछन् ।५० प्रतिशत हलीउड प्राविधिक राखेर नेपाली र अंग्रेजी भाषामा निर्माण हुने बताइएको यस चलचित्र लाई लण्डनमा १० हजार दर्शकका साथ वर्ल्ड प्रिमियर गरिने तयारी पनि निर्माण टिमको रहेको बताइएको छ । २०२१ मा विश्वभर प्रदर्शनमा ल्याइने बताइएको चलचित्रको छायाकन यूके, अफगानिस्तान र नेपालमा गरिने र चलचित्रको लागी एक अभिनेत्रीको खोजी भैरहेको पनि निर्माण पक्षले बताएको छ । लण्डन सिने आइ प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन् ।