26th May 2020

नायिका जल शाहको प्रश्न नेपाल आमालाई माया गर्न नेपाल नै बस्नुपर्छ र ?

जेठ,१३,२०७७ ।यती बेला नेपाली चलचित्रको मिडिया सामाजिक सञ्जाल हरु नेपाली चलचित्रका कलाकार हरुको देश भक्ती अभिब्यक्ती ले रंगिएको छ ।कतिपय चलचित्रकर्मीको अभिब्यक्तीले चर्चा बटुल्न सफल भएको छ भने कुनै कुनै चलचित्र कर्मी हरुको अभिब्यक्ती ले सम्पुर्ण देशबासी हरु को मन मा ठेस पुर्याएको भन्दै चर्को आलोचना हुन थाले पछी माफी पनि माग्नु परेको छ ।यसै क्रम मा एक समय नेपाली चलचित्रको बजारमा एक क्षत्र राज गर्न सफल भएकी नायिका जल शाहले आफ्नो नेपाल आमालाई माया गर्न नेपाल नै बस्नुपर्छ र भन्दै प्रश्न गरेकी छिन् । नेपाली चलचित्रको बजारमा छाइरहेको समयमा अमेरिका गएर उतै बसोबास गर्न थाले पछी नेपाली चलचित्रका दर्शक हरुले लामो समय देखी चलचित्रको ठुलो पर्दामा देख्न पाएक छैनन । सुन्दर अभिनयाँ र नृत्य कला बाट लाखौ लाख नेपाली दर्शक हरुको मन जित्न सफल भएकी र हाल अमेरिकामा रहेकी नायिका जल शाहले सामाजिक सञ्जाल मा आफ्नो नेपाल आमालाई माया गर्न नेपाल नै बस्नुपर्छ र भन्दै प्रश्न गरेकी हुन्। नयिका जल शाह ले सामाजिक संजालमा स्टाटस कोर्दै केही मानिसले विदेशमा नबसेकाले देशलाई माया गर्छु भन्न खोजेको भन्दै यो कस्तो मानिसकता हो भनेर प्रश्न पनि सोध्दै सामाजिक सञ्जाल मा लेखेकी छिन आफ्नो नेपाल आमालाई माया गर्न नेपालमै बस्नु पर्छ ? नेपालीहरू विश्वभर छरिएर बसेका छन् ! केही मानिसको बोली अनुसार, म देशलाई माया गर्छु त्यसैले म विदेशमा वसेको छैन| यो कस्तो मानसिकता हो ?कत्तिको जायज छ ?  तर यदि  तपाइँको देश प्रतिको  कर्तव्य र योगदान हेर्ने हो भने त्यो  त शून्य छ।  नेपालमा बस्दैमा आफू मात्र इमान्दार ? कस्तो खोक्रो बोली छिन छिनमा बदलीदै जाने ? नेपाली दाजुभाई, दिदिबहिनीहरू कोहीपनि आफ्नो देश र परिवारबाट टाढा हुन चाहन्नन , संसारभर छरिएर उनीहरू आफ्नो शीप अनुसारको काम गरिरहेका छन्,आफ़नो परिवारको पेट पलिरहेका छन् । उनीहरूलाई ,मलाईं जस्तै देशप्रतिको कर्तव्य, सम्मान र प्रेम देखाउन कसैको अनुमति चाहिन्छ र ? देशमा जुनसुकै विपत्ति आइपर्दा पनि विदेशमा बस्ने नेपालीहरू एक भएर अगाडि बढेका छन् ,सहयोगका लागी।नेपालमा बस्ने नेपालीहरुको रगतको रंग गाढा ? नेपाल बाहिर बसोबास गर्ने नेपालीहरुको रगतको रंग फिक्का ? नेपालीको पनि दुइवटा जात  हुन्छ र ? के बाहिर वस्ने नेपाली , नेपाली नै होइनन् ? देशमा बसेर ठूलो ठूलो गफ हाकेर आफ़नो देशलाई ठग्न र नङ्ग्याउन हामीलाई त आउदैन । हामीलाई आफ्नो देश रक्षाको लागी मर्न चाही पक्कै आउँछ । खोक़्रो राष्ट्रवाद मुर्दाबाद। जय देश