25th May 2020

चलचित्र धुलो डिसहोमको च्यानल न ८८८ बाट रिलिज ।

जेठ १२,२०७७ ।चलचित्र धुलो डिसहोमको च्यानल न्ं ८८८ बाट रिलिज भएको छ ।गत वर्षको फागुनमा सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘धुलो’ लाई लकडाउनका कारण घरमै बसेका दर्शक हरुको लागि समय बिताउन सजिलो होस् भन्ने हेतुले चलचित्र लाई आइतबारबाट डिसहोममा रिलिज गरिएको निर्मान टिमले बताएको छ ।निर्देशक  प्रद्युम्न मिश्रको निर्देशनमा रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई प्रस्तुत गरिएको चलचित्रमा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बालकलाकार सुदीप कार्कीको मुख्य भूमिकामा रहेको छ ।साथै चलचित्रमा ब रिष्ठ अभिनेता नीर शाह, सुशील पोखरेल र अभिनेत्री लक्ष्मी बर्देवाको पनि विशेष भूमिका  रहेको छ।सिके वाग्लेको प्रस्तुति रहेको धुलोका निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल  रहेका छन भने सुवास सिंह बस्न्यातको लेखन, रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन र रामजी लामीछानेको नृत्य निर्देशन रहेको छ ।