24th May 2020

दिन दु : खी लाई सहयोग गर्न आग्रह गर्दै नायक पल शाह ।

जेठ,११,२०७६ ।म्युजिक भिडियो र चलचित्र बाट नेपाली दर्शक हरुको मन जित्दै आएका नेपाली चलचित्रका नायक पल शाह पछिल्लो समय कलाकारिता को साथ साथै सामाजिक कार्य मा पनि सकृय रहदै आएका छन ।म्युजिक भिडियो मा अभिनयाँ गरिरहेको समयमा निर्देशक बिकास राज आचार्यको निर्माण र निर्देशन मा निर्मित चलचित्र नाइ नभन्नु ल ४ बाट नेपाली रजतपटमा नायक को रुपमा डेब्यु गरेकाअ पल ले लकडाउनको समयमा समस्यामा परेकाअ चलचित्र प्राविधिकहरुको लागी सहयोग गरेर आफु चलचित्रको पर्दाको  मात्र नायक नभएको र एक कलाकारको हिसाबले कति सामाजिक उत्तरदायित्व हुन्छ भन्ने उदाहरण पनि देखाएका छन् । यसै क्रममा लक डाउन का कारण बिगत दुइ महिना देखी एक्सन कट को ध्वनी बाट टाढा रहदै आएका उनै मनकारी नायक पल शाहले एक शर्ट फिल्मको माध्यम बाट  पनि दिन दुखी हरु का लागिसहयोगको आह्वान गरेका छन् । सिनेमाटोग्राफरको रुपमा परिचित अर्जुन तिवारीको निर्देशन मा निर्मित  शर्ट फिल्म ‘क्रन्दन’को अन्त्यमा देखिएर  नायक पल शाहले सहयोगक आह्वान गरेका हुन ।एक गरिब मजदुरको पीडा समेटिएर निर्माण गरिएको क्रन्दन मा घरमा भएको अन्न, पैसा तथा आफ्नो पेशा समेत नभएपछि भौँतारिएको युवकको पीडा देख्न सकिन्छ ।प्रधानमन्त्रीले देशभरका सबै स्थानिय निकायबाट राहत बाँडिने बताएता पनि वास्तविक पीडितले नपाएको देखाइएको यस चलचित्रमा राज न्यौपानेको अभिनय रहेको छ ।