23rd May 2020

चलचित्र लभ यु हमेशा यु ट्युब को ट्रेण्डिङमा ।

जेष्ठ,१०,२०७७ ।निर्देशक भाष्कर प्रधानको निर्देशनमा निर्मित चलचित्र लभ यु हमेशा लाई यु ट्युब बाट रिलिज गरिएको छ ।गत बर्षको मंसिर १३ गते नेपाली चलचित्रको घरेलु बजारमा प्रदशन मा आएको चलचित्र लाई । देश बिगत दुइ महिना देखी लक डाउन मा रहे सगै यती बेला घर भित्रै बस्न बाध्य भएका दर्शक हरुको मनोरञ्जन को लागी बुढासुब्बा म्युजिक को यु ट्युब च्यानल बुढासुब्बा डिजिटल बाट रिलिज गरिएको हो ।लक डाउनको समयमा दर्शक हरुको मनोरञ्जनका लागी नयाँ नयाँ चलचित्र हरु रिलिज गर्दै आएको बुढा सुब्बा डिजिटलले निर्देशक भाष्कर प्रधानको निर्देशनमा त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको चलचित्र ‘लभ यु हमेशा’ लाई रिलिज गरेको हो । बुढा सुब्बाको यु ट्युब च्यानल बुढासुब्बा डिजिटल बाट बाट गत शुक्रवर जेठ ९ गते रिलिज गरिएको यस चलचित्र यु ट्युब को ट्रेण्डिङमा पनि आउन सफल भैसकेको छ ।भारतको कालेबुङ, सिलगुडी, काठमाडौ र फिलिपिन्समा छायाकन गरिएको चलचित्रमा चलचित्रमा यशराज गराच र फिजा योञ्जका साथमा ऋचा थापा, गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,प्रमिला राई,सल्देन तामाङलगायतका कलाकारको पनि अभिनय रहेको छ ।चलचित्रको निर्मातामा यवन गुरुङ रहेका छन भने शिब ढकालको छायाकन्, भासुको संगीत, कमल राई र रामजी लामीछानेको नृत्य र एनबी महर्जनका द्वन्द्व निर्देशन रहेको छ ।साथै चलचित्रको सह निर्मातामा मिलन गुरुङ रहेका छन् ।