15th May 2019

ह्यापी बर्थ डे एक्सन स्टार नायक निखिल उप्रेती ।

जेठ,१,२०७५ ।आज जेठ १ गते चलचित्र पिजंडा बाट नेपाली रजतपटमा प्रबेश गरेका एक्सन स्टार नायक निखिल उप्रेतीको जन्म परेको छ ।नेपाली चलचित्रका चर्चित एक्सन नायक निखिलले चलचित्र पिजडामा अभिनय गरे पछी उनको लोक प्रियता चुलिएको थियो ।त्यस पछी उनले सयौंको सख्यामा नेपाली चलचित्र हरुमा अभिनय गरेका छन ।सर्लाही को पिपरभट्टामा जन्मिएका निखिल काठमाण्डुमा पढ्दा पढदै चलचित्रमा अभिनय गर्ने रहर बोकी मुम्बई तिर लागेका थिए ।उनले मुम्बईमा छदा स्टण्ट ब्वाइ देखी लिएर सहायक द्रन्द निर्देशनको काम समेत गर्न सफल भएका थिए ।नेपाली चलचित्रमा राम्रै छाप छोडन सफल भै रहेको समयमा नायिका संचिता लुइटेल संग दोस्रो बिवाह गरे पछी पुन मुम्बई गएका उनि यती बेला नेपाली चलचित्र मै सकृय हुँदै आएका छन ।उनले मुम्बई बाट फर्किए पछी भैरव,राधे,पिंजडा ब्याक अगेन्,किङ,संरक्षण लगाएत का चलचित्र हरुमा अभिनय गरी सकेका छन ।नेपाली चलचित्र क्षेत्रमा उल्लेख्य योगदान गरेका एक्सन स्टार नायक निखिल लाई अझ्झै सुन्दर कला यात्राको लागी शुभकामना ।