22nd May 2020

मनिषाको समर्थनमा नेपाली चलचित्रका कलाकारहरु ।

जेठ,९,२०७७ ।बलिवूडकी चर्चित नायिका नेपाली चेली  मनिषा कोइरालाको यती बेला भारतीय केहि मिडियाहरुले चर्को आलोचना गरिरहेको छ।नायिका मनिषाको भारतीय मिडियाले आलोचना गर्नु को कारण भने उनले नेपाल मार्फत नेपाल को समर्थन गर्नु रहेको छ ।भारतले अतिक्रमण गरी सडक समेत बनाएको भूभागलाई समेटेर नेपाल सरकारले नयाँ नक्सा पास गरेपछि नायिका मनिषा कोइरालाले यसै सन्दर्भमा रहेर ‘ हाम्रो सानो राष्ट्रको गरिमा राखेकोमा धन्यवाद । अब तीन वटै राष्ट्रहरुबीच शान्तिमय र सम्मानजनक वार्ताको प्रतिक्षामा छौँ’लेखेकी थिइन । नायिका मनिशाअको यही ट्वीट लाई लिएर यती बेला केहि भारतिय मीडियाले उनको खेदो खानइरहेका छन उन लाई भरत को नुन खाएर चीन को गुन गान गाउने समेत आरोप लगाउदै आएका छन ।यसै सन्द्रभमा नेपाली चलचित्रका चलचित्रकर्मी हरु नायिका मनिषाको साथमा देखिएका छन ।यसै शिलशिला चर्चित हाष्य कलाकार विल्सन बिक्रम राइले अभिनेत्री मनिषा कोइरालालाई समर्थन गर्दै सामाजिक सञ्जाल मा एक स्टाटस लेखेकाछन । हाष्य कलाकार राइले नेपाली चेली बलिवूड अभिनेत्री मनिषा कोइरालाको समर्थन गर्दै लेखेका छन ‘जसो गर, जे गर जतासुकै लैजाऊ मलाई । यो मन त मेरो नेपाली हो । हामी मनिषा कोइरालाको साथमा । त्यसै गरी नायिका निता ढुंगानाले पनि सामाजिक सञ्जाल बाटै नायिका मनिषाको समर्थन गर्दै लेखेकी छिन ।भारत को खान्छ चीएन को गीत गाउछ रे हे भगवान  काम जहाँ गरेपनि आफु जन्मेको देशलाई कसले सर्पोट गर्दैन ? धेरै नभुके हुन्छ भारत । लिपुलेक र कालापानी नेपालकै हो र हामी नेपालीकै हो । मनिषा दिदीले सही बोल्नु भयो ।’ लेखेकी छिन । त्यसै गरी कलाकार निर्माता दिपक राज गिरिले पनि ‘मनिषा कोइराला पहिलो नेपाली कलाकार हुन् । जसले त्यो स्थानमा पुगेर गर्वसाथ आफूलाई नेपाली भनेरै चिनाइन् । उनकै हाराहारीमा चर्चा पाएका केही कलाकार आफूलाई नेपाली भन्न रुचाउँदैनन् । तर, मनिषालाई भारतमा पनि नेपाली सुन्दरी भन्ने गरिन्थ्यो । उनी नेपाली छोरी भएकाले नेपालको पक्षमा बोल्नु कुनै अनौठो कुरा नभएको र मनिषाले गरेको ट्विटलाई भारतीय मिडियाले ‘ट्विस्ट’ गरेको,नेपालमा हुने जुनसुकै राष्ट्रवादी संघर्षमा चीनको हात देख्ने भारत सरकार र त्यहाँका मिडियाको सोचाइ नै मुर्खतापूर्ण रहेको बताएका छन ।