21st May 2020

नायिका मनिषा कोइराला बिरुद्ध भारतीय मिडिया ।

जेठ,८,२०७७ ।एक समय बलिवूडमा एक क्षत्र राज गर्न सफल नेपाली चेली अभिनेत्री मनिषा कोइराला यती बेला भारतिय मीडियाको तारो बनेकी छन् ।लामो समय देखी बलिवूडमा सकृय रहदै आएकी अभिनेत्री मनिषा कोइराला भारतिय मीडियाको तारो बन्नुको कारण रहेको छ । नेपालको भुमी मिचेर भारतले बाटो बनाएपछि यती बेला देशभित्र यसको सर्वत्र विरोध भैरहेको समयमा र भारतले अतिक्रमण गरी सडक समेत बनाएको भूभागलाई समेटेर सरकारले नयाँ नक्सा पास गरेपछि नायिका मनिषा कोइरालाले यसै सन्दर्भमा रहेर  नेपालको पछमा ट्वीट गरेकी थिइन् । जुन ट्वीटका कारण कोइराला भारतिय मीडियाको तारो बनेकी हुन ।कोइरालाले नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीट रिप्लाई गर्दै नेपाल सरकारलाई धन्यवाद दिएकी थिइन् भने उनले ट्वीटमा ‘ हाम्रो सानो राष्ट्रको गरिमा राखेकोमा धन्यवाद । अब तीन वटै राष्ट्रहरुबीच शान्तिमय र सम्मानजनक वार्ताको प्रतिक्षामा छौँ’लेखेकी थिइन । नायिका मनिषाको यहि ट्वीटलाई लिएर केहि भारतिय टेलिभिजन च्यानलहरुले उनलाई ‘भारतको खाएर चीनको गीत गाउने’ भन्दै उनको आलोचना गर्न थालेका हुन ।