19th May 2020

सिताराम कट्टेल धुर्मुसको लिपुलेक र नालापानी हाम्रै हो सार्वजनिक । 

जेठ,६,२०७७ ।पछिल्लो समय हाँस्य कलाकारिता र सामाजिक कार्य लाई एक साथ अगाडी बढाइरहेका हाष्य कलाकार जोडी सिताराम कट्टेल धुर्मुस र र कुञ्जना घिमिरे सुन्तलीले लक डाउनको समय  लाई सदुपयोग गर्दै विभिन्न चेतनामुलक भिडियो हरु सार्वजनिक गरिरहेका छन् ।कोरोनाको त्रासका कारण  देश बिगत दुइ महिना देखी लक डाउनमा रहेको अवस्थामा सिताराम कट्टेल धुर्मुस र र कुञ्जना घिमिरे सुन्तलीले। कोरोनापछिको अवस्थालाई समेटेर तयार पारेको भिडियोले यती बेला राम्रो प्रभाव पनि पारिरहेको छ । नेपालको भुमी मिचेर भारतले बाटो बनाएपछि देशभित्र यसको सर्वत्र विरोध भैरहेको समयमा सिताराम र कुञ्जनाले लिपुलेक र नालापानी हाम्रै हो भन्दै एक नयाँ भिडियो सार्वजनिक गरेका छन् ।साथै सार्वजनिक भिडियोमा हाश्य कलाकार सिताराम कट्टेल धुर्मुस लाई दुइवटा गेटअपमा देख्न पाइने भिडियोमा छिमेकीले जग्गा मिचेर बाटो बनाएको तर नेपालका नेताहरुले कुनै पनि कदम चाल्न नसकेको कुरालाई उठान गरिएको छ । सितारामले सार्वजनिक गरेको उक्त भिडियोले नेताले नसके जनता आफैले नेपालको जमिन फिर्ता ल्याउन सक्छन् भन्ने भाव पस्केको छ । सुदिप बरालको छायांकन र सम्पादनमा तयार भएको यो भिडियोमा सिताराम र कुञ्जनाको  निर्देशन रहेको छ ।