17th May 2020

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा कलाकार लाई राहात ।

जेठ,४,२०७७ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा लकडाउनका कारण समस्यामा परेका श्रमजीवि चलचित्रकर्मी र न्युन आय भएका कलाकारहरु को साथ साथै नेपाली चलचित्रका प्राविधिकहरुलाई खाद्यान्न सहयोग गरिएको छ । शुक्रबार २ सय ७० जना फिल्मकर्मीलाई ६ हजार ७ सय ५० केजी चामल र ८ सय २५ केजी दाल सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा हस्तान्तरण गरिएको बताइएको छ ।चलचित्र निर्माता संघका अध्यक्ष तथा चलचित्र प्रवद्र्धधन एवं समन्वय समितिका संयोजक आकाश अधिकारीले जानकारी दिए अनुसार २ सय ७० जना चलचित्रकर्मीका हरु लाई २५ के ।जीको एक एक बोरा चामल र तीन केजीका दरले दाल उपलब्ध गराईएको  बताइएको छ । दुई महिना लामो लकडाउनको चपेटामा परेका न्युन आयस्रोत भयका श्रमजीवि चलचित्रकर्मी हरु लागी खाद्यान्न ग्रहण गर्दै संयोजक अधिकारीले आफ्नो व्यक्तिगत र हाम्रो संथागत पहलमा सरकारले यति ठुलो अति आवश्यक सहयोग गरेकोमा खुसी व्यक्त गरेका छन । साथै उनले निर्माता, निर्देशक तथा चलचित्रका प्रविधिक तथा सफल कलाकारहरुका लागि यो समस्या नभएपनि नव प्रवेशी कलाकारहरु तथा प्राविधिक लगायत निम्न आर्थिक अवस्था भएका साथीहरुलाई यस स्थितिमा कलाकारहरुलाई लकडाउनका कारण ठुलो समस्या परेपछि आफुले मन्त्री मानन्धर मार्फत् पहल गरेको  बताएका छन ।विपदका बेला चलचित्र क्षेत्रका श्रमजिवीहरुका लागि यो सहयोग आफुहरुका लागि अमुल्य भएको पनि बताएका छन । चलचित्रसँग सम्बन्धीत ७ वटा तथा एक ब्लुडायामण्ड सोसाइटी गरी ८ वटा संघ( संथा अन्तरगत आवद्ध रहेका ब्यक्तिहरु लाई खाद्यान्न समस्या परेको हुँदा सोको ब्यवस्था गरि सहयोग गर्नहुन सरकारसँग आग्रह गरेको बताएका निर्माता सँघा का अध्यक्षा अधिकारीले अब उक्त सहयोग आदिवासी जनजाति महासंघका ३५ जना, नृत्य संघका ४५, निर्देशक समाजका तर्फबाट सहायक निर्देशकहरु ३० जनालाई एक एक बोरा चामल र तीन केजीका दरले दाल उपलब्ध गराईने पनि बताइएको छ । यस्तै तेस्रोलिंगि समुदायको प्रतिनिधित्व गर्ने ब्लु डायामण्ड सोसाईटीका ३० जना,प्राविधिक संघका ३५, चलचित्र द्वन्द्व संघका २५ जना, कलाकार संघका जुनियर कलाकारहरु ३५ जना र संगित उत्पादन समाज ३५ जना गरि २७० जना चलचित्रकर्मी लाई खाद्यन्न उपलब्ध गराई सहयोग गरिएको पनि बताइएको छ ।खाद्यान्न आठ संघ संथाका अध्यक्ष र महासचिवलाई जिम्मा लगाइएको र समाग्री वितरणका लागि नेपाल विज्ञापन संघले स्थान उपलब्ध गराएको पनि बताइएको छ ।