14th May 2020

चर्चा बटुल्दै बि एम एच डी टेलिभिजन्,जेठ महिना भरि नयाँ नयाँ चलचित्र प्रशारण हुँदै ।

जेठ,१,२०७७ । पछिल्लो समय नेपाली टेलिभिजन हरुको बजारमा बि एम एच डी टेलिभिजनले चर्चा पाउन सफल भइरहेको छ ।नेपाली सिनेमा हरेकको मनमा सोलोगन का साथ प्रशारण भएको बि एम एच डी टेलिभिजनले शुरुवाती दिन देखी नै नेपाली दर्शक हरुको लागी नयाँ नयाँ नेपाली कथानक चलचित्र हरु प्रशारण गर्दै आएको छ ।यस को साथ साथै कोरोना भाइरस को कारण देश लक डाउन भए सँगै घर भित्र बस्दै आइरहेका नेपाली दर्शक हरुको मनोरञ्जन को साथी बन्न पुगेको यस टेलिभिजनले नेपाली दर्शक हरुको पनि मन जित्न सफल भैरहेको छ ।यसै क्रममा नेपाली दर्शक हरुको मनोरञ्जन लाई ख्याल गर्दै बि एम एच डी टेलिभिजनले जेठ महिना भरी एक्सन नायक निखिल उप्रेती,नेपाली चलचित्रको बजारमा लामो समय सम्म नंबर एक नायिका को रुपमा आफुलाई स्थापित गराउन सफल नायिका रेखा थापा,नेपाली चलचित्रका चकलेटी नायक आर्यन सिग्देल र नायिका शिल्पा पोखरेल अभिनित चलचित्र हरु प्रशारण गर्दै छ ।उक्त टेलिभिजन बाट जेठ महिना भरी नायक निखिल अभिनित चलचित्र भैरभ,राधे,किङ, निर्भय, भिलेन पिंजडा ब्याक अगेन, लुटेरा जस्ता सफल चलचित्र हरु प्रशारण हुँदै छ भने नायिका रेखा थापा अभिनित जाउँ हिड पोखरा, काली, मालतीको भट्टी, हिम्मतवाली, दमदार, मालिका र डायरी प्रशारण हुँदै छ ।त्यसै गरी चकलेटी नायक आर्यन सिग्देल अभिनित चलचित्र कायरा, महशुश, नाइ नभन्नु ल ३, रुद्रप्रिया लगाएत का चलचित्रहरु प्रशारण हुँदैछ ।त्यस्तै नायिका शिल्पा पोखरेल अभिनित किस्मत २, हवल्दार सुन्तली,फागु, बृन्दावन, लज्जा लगाएतका चलचित्र हरु प्रशारण हुँदै छ ।दैनिक चार शो प्रशारण हुँदै आएको यस टेलिभिजन बाट जेठ महिनामा चलचित्र मारुनी सरि ल, लभ यु हमेशा लगाएत का अन्य केहि चलचित्र हरु पनि प्रशारण हुँदैछ ।