12th May 2020

अभिनेता अनमोल के.सी घर मै बसी चलचित्र ए मेरो हजुर ४ को तयारी गर्दै ।

बैशाख,३०,२०७७ ।चलचित्रको ठुलो पर्दामा देखिने नेपाली चलचित्रका सेलिब्रेटी हरु आफ्नो शरिर लाई स्फुर्त र सुन्दर देखाउनको लागी दैनिक रुपमा घण्टौ शारिरिक ब्यायाम गर्ने गर्दछन ।तर बिगत डेढ महिना देखी देश लक डाउन मा रहे पछी दैनिक रुपमा ब्यायामशाला गइ घण्टौ पसिना बगाउदै आएका ति सेलिब्रेटीहरु यती बेला भने घर भित्रै रहन बाध्य भएका छन ।साथै यती बेला जीममा रमाउने नेपाली चलचित्रका चलचित्रकर्मीहरु जीम खुल्ने पर्खाइमा रहेका छन् । तर नेपाली चलचित्रका केहि कलाकार हरु भने यती बेला घरमै सामान्य व्यायम गर्दै आफ्नो शरिर लाई फिट राख्न लागिपरिरहेका छन ।यो लकडाउनको समयमा आफूलाई फिट राख्न नसके तत्काल चलचित्रको छायांकनमा जानु परेको खण्डमा कलाकारलाई समस्या पर्न सक्ने हुँदा केही कलाकारले घरमै जीम गरिरहेका छन् ।यसै क्रममा नेपाली चलचित्रका मेघा स्टार नायक अनमोल केसीले आफ्नै घरमा सानो जीम बनाएका छन् ।लक डाउनका कारण छायाकनरत चलचित्र ए मेरो हजुर ४ को छायाँकन स्थगित हुन पुगे पछी घर भित्रै रहन बाध्य भएका नायक अनमोल के,सीले दैनिक केही घन्टा जीममा बिताउने गरेको पनि बताइएको छ ।यसै क्रममा पछिल्लो समय नेपाली दर्शक हरुको पहिलो रोजाइमा पर्न सफल नायक अनमोल के,सीले आफुले घरमै सानो जीम बनाएको छु । लकडाउनको समयमा पनि फिट रहन आवश्यक छ । त्यसैले घरमै जीम गरिरहेको बताएका छन ।लक डाउन शुरु हुनु अगाडी चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनमा व्यस्त रहेका अनमोल लकडाउनको समयमा आफु लाई फिट राख्न नसके चलचित्रमा जर्क देखिन सक्ने भएकोले पनि आफूलाई फिट राख्न व्यायम गरिरहेको बताएका छन् ।नायिका तथा निर्देशक झरना थापाको निर्देशन र निर्माता सुनिल कुमार थापाको निर्माणमा निर्माण भैरहेको चलचित्रको छायाँकन लक डाउन खुले लगत्तै सुरु गर्ने निर्माण पक्षको योजना रहेको पनि बताइएको छ ।चलचित्रमा नायक अनमोल के,सी र नायिका सुहाना थापाको जोडी लाई देख्न पाइने छ ।यस अघी नायक अनमोल र नायिका सुहानाले चलचित्र ए मेरो हजुर मा सगै काम गरेकाअ थिए ।जुन चलचित्र नायिका सुहानाको डेब्यु चलचित्र रहेको थियो ।