11th May 2020

नायक पल शाहले दोश्रो पटक राहत वितरण गरे ।

बैशाख,२९,२०७७ ।नेपाली चलचित्रका स्टार नायक हुन नायक पल शाह ।म्युजिक भिडियो हुँदै चलचित्र नाइ नभन्नु ल ४ बाट नेपाली चलचित्रको बजारमा प्रबेश गरेका नायक पल शाह यती बेला चलचित्र म यस्तो गीत गाउछु २ को प्रदशन र चलचित्र दुइ नंबरीको छायाकन को पर्खाइमा रहेका छन ।चलचित्र म यस्तो गीत गाउछु २ को प्रदशन र चलचित्र दुइ नंबरीको छायाकन कोरोना भाइरसको त्रासका कारण स्थगित हुन पुगेको थियो ।जुन चलचित्रहरु यती बेला लक डाउन खुल्ने प्रतिक्षामा रहेका छन ।यसै क्रममा देश लक डाउनमा रहे सगै कलाकारिताको साथै साथै सामाजिक कार्यमामा पनि जुटेका नायक पल शाहले दोश्रो पटक राहत वितरण गरेका छन् । केहि साता अघी  दैनिक ज्याला मदजुरी गर्ने चलचित्र प्राविधिक सहित केही सामान्य खाद्यन्न आवश्यक व्यक्तिलाई राहत वितरण गरेका नायक शाहले दोस्रो  पटक भक्तपुर,कोटेश्वर, सातदोबाटो, सितापाइला, नागपोखरी, सेतोपुल, पुरानो बानेश्वर लगायत क्षेत्रमा पुगी लक डाउन बाट पिडित मजदुर परिवार हरु लाई राहत बितरण गरेका छन । यसअघि नायक पल शाहले चलचित्र प्राविधिकलाई पाँच लाख बराबरको राहत वितरण गरेका थिए ।