14th May 2019

दोस्रो ‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’को उत्कृष्ट पाँच मनोनय सुचि सार्वजनिक ।

बैशाख,३१,२०७६ ।राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै दोस्रो ‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’को उत्कृष्ट पाँच मनोनय सुचि सार्वजनिक भएको छ । नेपाली गीत, संगीत तथा त्यसका श्रष्ठाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने उदेश्यले आयोजना गरीन लागेको उक्त दोस्रो ‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’को आयोजक ले ४८ बिधामा उत्कृष्ट ५ मनोनयन सुचि सार्वजनिक गरेको हो ।साथै उक्त अवार्डमा भाग लिनको लागी निशुल्क आवेदन दिन मिल्ने ब्यवस्था मिलाएको आयोजकले बताएको छ ।२०७५ बैशाखदेखि फागुन मसान्तसम्म बजारमा आएका गीत संगीतको सहभागिता रहने उक्त अवार्ड मा ।प्रोत्सान र जुरी अवार्ड सहित कुल ४८ बिधामा अवार्ड बितरण गरिने छ । साथै आयोजक योङ माइन्डस् इन्टरटेनमेन्टका मुनाल सिसिर कोइरालाले अवार्ड बितरण कार्यक्रमको मिति केही दिनमा एक कार्यक्रम सहित घोषणा गर्ने पनि आयोजक योङ माइन्डस् इन्टरटेनमेन्टका मुनाल सिसिर कोइरालाले बताए छन्।अवार्डमा मोटिङको ब्यवस्था पनि गरिएको र भोटिङका लागि ३५००५ मा भोटिङ कोड लेखेर एसएमएस गर्न सकिने छ ।