10th May 2020

गायिका अन्जु पन्तले खुवाइन मजदुर परिवार लाई खाना ।

बैशाख,२८,२०७७ ।नेपाली गीत संगीतको बजारमा एक पछी अर्को गर्दै सयौको संख्यामा चर्चित गीत हरु दिन सफल गायिका हुन अन्जु पन्त ।नेपाली चलचित्रको साथ साथै आधुनिक गीत हरुमा आफ्नो सुमधुर स्वर भ रि लाखौ लाख नेपाली गीत संगीत प्रेमी दर्शक स्रोताहरुको मन जित्दै आएकी गायिका अन्जु पन्त पछिल्लो समय गीत संगीतको साथ साथै सामाजिक कार्यमा पनि सकृय रहदै आएकी छिन ।यसै क्रममा कोरोना भाइरसको त्रासका कारण देश डेढ महिना देखी लक डाउनमा रहेको अवस्थामा लक डाउनका कारण समस्यामा परेकाहरु लाई खाना वितरण गरेकी छिन । विभिन्न ठाउँमा मानिसहरू भोकभोकै हुनुहुन्छ भन्ने खबर सुनेपछि आफू चुप लागेर बस्न नसकेकी बताएकी गायिका अन्जु पन्तले ।काठमाडौँ उपत्यकाभित्र बौद्ध, जोरपाटी, वीर अस्पताल, नख्खु दोबाटो, फर्सीडोल ललितपुरलगायतका विभिन्न १२ स्थानमा बिहीबार र शुक्रबार खाना वितरण गरेकी हुन । ‘अन्जु पन्त फाउन्डेसन’को तर्फबाट खाना वितरण गरेकी उनै सुन्दरी गायिका पन्तले यो कठिन परिस्थितिमा सहयोग गर्न पाउँदा आफू निकै खुसी भएको बताएकी छिन् ।त्यस्तै आफु लाई मन पर्ने गायिका अन्जुको हातबाट खाना खान पाउँदा मजदुरहरू पनि खुसी देखिएको बताइएको छ।