09th May 2020

गाई लाई खाना खुवाउदै नायिका सुहानाले मनाइन आफ्नो २२ औ जन्मदिन ।

बैशाख,२८,२०७७ ।यती बेला नेपाली चलचित्रको बजारमा चर्चामा रहन सफल नायिका हुन सुहाना थापा ।उनले चलचित्र ए मेरो हजुर ३ बाट नेपाली चलचित्रको बजारमा डेब्यु  गरेकी हिइन ।जुन चलचित्र लाई उनकै माता नायिका तथा निर्देशक झरना थापाले निर्देशन र पिता निर्माता सुनिल कुमार थापाले निर्माण गरेका थिए ।पहिलो चलचित्र बाट स्टार नायिकाले झै चर्चा बटुल्न सफल भएकी नायिका सुहाना अभिनित उक्त चलचित्रले पनि ब्यवसायिक सफलता बटुल्न सफल भएको थियो ।चलचित्र ए मेरो हजुर ३ को सफलता पछी नायिका सुहाना यती बेला चलचित्र ए मेरो हजुर ४ को निर्माणमा ब्यस्त छिन ।जुन चलचित्रको छायाकन शुरु भै यती बेला ३५% छायाकन सकिसकिएको पनि बताइएको छ ।तर उक्त चलचित्रको यती बेला छायाकन स्थगित हुन पुगेको छ ।चलचित्रको छायाकन स्थगित हुनुमा यती बेला बिश्वभर फैलिरहेको कोरोना भाइरसको त्रास रहेको छ ।कोरोनाको कारण देश बिगत डेढ महिना देखी लक डाउनमा रहे पछी यती बेला उनै नायिका सुहाना घर भित्रै रहन बाध्य भएकी छिन ।तर कोरोनाको कारण घर भित्र रहन बाध्य भए पनि नायिका सुहाना चलचित्र ए मेरो हजुर ४ लाई मजबुत बनाउन को लागी माता नायिका तथा निर्देशक झरना थापा सँग गृहकार्यमा जुटिरहेको पनि बताइएको छ ।यसै क्रममा नेपाली चलचित्रको बजारमा मेघा स्टार को उपाधी पाउन सफल यूवास्टार नायक अनमोल केसीसँग अनस्कृन जोडी बाँधेर पहिलो चलचित्रबाट नै चर्चामा आएकी नायिका सुहाना थापाले आफ्नो २२औँ जन्मदिन मनाएकी छिन् । नायिका सुहानाले गत शुक्रवार आफ्नो २२औँ जन्मदिन मनाएकी हुन्। नायिका सुहानाले हिन्दुहरूको पुज्य पशु गाईलाई खाना खुवाएर आफ्नो २२औँ जन्मदिन मनाएकी हुन्।उनले काठमाण्डौको बुढनिलकण्ठमा रहेको राधाकृष्ण मन्दिर परिसरमा रहेको इस्कन नेपालमा रहेका ७५ वटा गाईलाई केरा तथा अन्य खानेकुरा खुवाएकी थिईन् । त्यहाँ रहेका ७५ वटै गाईहरु मन्दिरमा पुजा गरिएका हुन् ।साथै नायिका सुहानाको जन्म दिन को अवसरमा ‘मन्दिरमा पुजा गरी मन्दिरकै माताहरुले बनाउनु भएको केक काटेर सुहानाले आफ्नो जन्मदिन मनाएकी पनि बताइएको छ ।