08th May 2020

अमेरिकन चलचित्रमा दिदी बहिनी बन्दै नायिका स्वस्तिमा खड्का र केकी अधिकारी ।

बैशाख,२६,२०७६ ।एक अमेरिकन चलचित्र निर्माण कम्पनीले निर्माण गर्न लागेको चलचित्रमा केहि दिन अघी मात्र नेपाली चलचित्रकी सुन्दरी नायिका स्वस्तिमा खड्का अनुबन्ध भएकी थिइन । अब उक्त चलचित्रमा नेपाली चलचित्रकी अर्की नायिका केकी अधिकारी पनि अनुबन्ध भएको बताइएको छ । नेपाली चलचित्रको बजारमा निर्भिक एवं स्पष्ट अभिनेत्रीको छवि बनाएकी नायिका स्वस्तिमा खडका लाई अमेरिकन चलचित्र निर्माण कम्पनीले लिखित सम्झौता गरेको केहि दिन मै नायिका केकी अधिकारी लाई पनि चलचित्रको लागी निर्माण कम्पनीले लिखित सम्झौता समाचार स्रोतले बताएको छ ।साथै उक्त चलचित्रमा नायिका केकी अनुबन्ध भए सगै अब उक्त चलचित्रमा नायिका स्वस्तिमा खड्का र नायिका केकी अधिकारी लाई दिदी-बहिनीको भूमिकामा प्रस्तुत गरिन लागेको पनि बताइएको छ ।साथै समाचार स्रोतका अनुसार निर्माण पक्षले नेपाल नै आएर अन्य केही अभिनेत्रीहरुसँग पनि अडिसन लिएकोमा नायिका स्वस्तिमा र केकी उक्त चलचित्रका लागी छनौट भएकी पनि बताइएको छ । चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा नै हुने बताइएको  चलचित्रको निर्माण पक्षको विषयमा भने अहिले केहि सार्वजनिक गरिएको छैन । कोरोनाको त्रास सकिएलगत्तै चलचित्रको छायांकन सुरु हुने बताइएको चलचित्रमा अन्य कलाकार भने अमेरिकन नै हुने बुझिएको छ ।