07th May 2020

नायिका जसिताले गरिन जनावरका लागि सोच्न आग्रह ।

बैशख,२५,२०७६ ।नेपाली चलचित्रको बजारमा चलचित्र लिली बिली बाट नायिकाको रुपमा डेब्यु गरेकी नायिका जसिता गुरुङले आफ्नो लागि खानेकुरा किन्न बजारमा निस्कदा जनावरका लागि पनि सोच्न सबैसँग अपिल गरेकी छिन् । चलचित्र लिली बिली बाट नेपाली रजतपटमा डेब्यु गर्दै चलचित्र इण्टुमिण्टु लण्डनमा, लभ सटेसन जस्ता चलचित्र हरुमा अभिनय गरिसकेकी आयिका जसिताले एक सामाजिक संस्थासँग मिलेर कुकुरलाई खाना खुवाउँदै आएकी छिन ।यसै क्रममा उनले अन्य मानिसहरुलाई पनि जनावरका लागि सोच्न अपिल गरेकी हुन् । यसको साथ साथै नायिका जसिता गुरुङले हाल बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण बाट बच्न को लागी सबै लाई घरमै बस्न र आफनो ख्याल राख्न आग्रह पनि गरेकी छिन् । लकडाउनका कारण मानिसहरु घरमै रहँदा सडकका जनावरहरु भोक  भोकै रहने गरेको समाचार हरु सार्वजनिक भइरहेको समयमा नायिका जसिताले सामाजिक सञ्जाल मार्फत यदि तपाई आफना लागि अत्यावश्यक कुरा किन्नका लागि बाहिर जाँदै हुनुहुन्छ भने कृपया सडकमा हिडेका जनावरका लागि पनि केही सोच्नुहोस् र उनीहरुलाई पनि केही खुवाउनुहोस् भन्दै आम मानिस हरु माझ आग्रह गरेकी हुन । यसअगाडि, नायिका वर्षा सिवाकोटी र नायिका  वर्षा राउत लगायतले पनि जनावरका लागि सोच्न आम-मानिससँग अपिल गरेका थिए   

https://www.youtube.com/watch?v=K8kwM3tRnzE