06th May 2020

बिदेशी चलचित्रमा अभिनय गर्दै नायिका स्वस्तिमा खड्का ।

बैशाख,२५,२०७७ ।नायिका स्वस्तिमा खड्का लाई अब अमेरिकन चलचित्रमा पनि देख्न पाइने भएको बताइएको छ ।नेपाली चलचित्रको बजारमा निर्भिक एवं स्पष्ट अभिनेत्रीको छवि बनाएकी नायिका स्वस्तिमा खडका र चलचित्र निर्माण टिम बीच लिखित सम्झौता भइसकेको पनि समाचार स्रोतले बताएको छ । नेपाली चलचित्रको बजारमा एकपछि अर्को चलचित्रमा ब्यस्त बन्दै आएकी नायिका स्वस्तिमा खड्काले चलचित्र क्षेत्रमा प्रवेश गरेपछि विश्राम लिनुपरेको छैन ।उनले ‘कमर्शियल’ र ‘आर्ट’ दुबैमा चलचित्रमा आफ्नो उपस्थिती जनाइसकेकी छिन । यसै क्रम मा चलचित्र ‘बुलबुल’बाट राष्ट्रिय अवार्ड को साथ साथै बिभिन्न अन्तराष्टिय अवार्ड समेत हात पार्न सफल नायिका स्वस्तिमा खडका बिदेशी चलचित्रमा अनुबन्ध भएकी हुन ।अमेरिकन टोलीले निर्माण गर्ने उक्त चलचित्रमा नायिका स्वस्तिमा खड्काको मुख्य भूमिका रहने बताइएको छ भने अभिनेताको रुपमा भने अमेरिकन कलाकार नै तय भएको बताइएको छ ।साथै समाचार स्रोतका अनुसार निर्माण पक्षले नेपाल नै आएर अन्य केही अभिनेत्रीहरुसँग पनि अडिसन लिएको मा नायिका स्वस्तिमा उक्त चलचित्रका लागी छनौट भएकी पनि बताइएको छ । साथै समाचार स्रोतका अनुसार उम्त अमेरिकन चलचित्रमा नायिका स्वस्तिमासँगै अर्की एक नेपाली नायिकाको पनि अभिनय रहने बताइएको छ ।तर, उक्त नायिकाको तय भइनसकेको पनि बताइएको छ ।नाम सार्वजनिक नभएको उक्त चलचित्रको छायांकन जुलाईबाट सुरु गरिने तय भएको तर हाल आएर कोरोनाको त्रास सकिएपछि छायांकन सुरु हुने भएको पनि बतैएको छ । साथै चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा नै हुने पनि बताइएको छ ।