05th May 2020

कविता सुनाउदै अभिनेता जिवन लुइटेल ।

बैशाख,२३,२०७७ ।निर्देशक बिकाशराज आचार्यको निर्माण र निर्देशन मा निर्मित नेपाली कथानक चलचित्र नाइ नभन्नु ल का नायक नायक जीवन लुइँटेल विगत ३ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । निर्देशक आचार्यको सुपर हिट चलचित्र नाइ नभन्नु ल को अलवा म तिम्रो भैसके,रिदम्,लेक साइड्, जाउँ हिड पोखरा,राधा,जब जब माया बस्छ,नोट बुक सुब्बा साब्,ठुली लगाएतका चलचित्र हरुमा अभिनय गरी लाखौ दर्शक हरुको मनमा बस्न सफल अभिनेता जिवन लुइटेल अमेरिका मा बस्न पुगे पछी उनलाई नेपाली चलचित्रका दर्शक हरुले चलचित्रको ठुलो पर्दामा देख्न नपाएको पनि लामो समय भैसकेको छ ।अमेरिका पुगे पछी केही समय गुपचुप अवस्थामा रहेका जिवन न सामाजिक सञ्जालमा देखिन्थे, न कतै उनले अन्तर्वार्ता नै दिएका थिए । अभिनेता जिवन नेपाली चलचित्रको रंगीन संसार बाट टाढा हुँदै आफ्नै दुनियाँमा रमाइरहेका थिए ।तर, उनै अभिनेता जिवन लुइटेल केही दिन अगाडि सामाजिक सञ्जाल फेसबुकको लाइभमा देखिन पुगेका छन । जहाँ उनले यती बेला बिश्व लाई नै अक्रान्त बनाइरहेको कोरोना भाइरसको विषयमा मात्रै बोलेका थिए । साथै उनले फेसबुकमा लाईभ हुने क्रममा अमेरिकामा आफ्नो स्वस्थ्य र आफू बसेको सहरमा कोरोनाको अवस्था कस्तो छ भनेर शुभचिन्तकलाई जानकारी दिएका थिए । साथै लामो समय पछी सामाजिक सञ्जाल मार्फत नेपाली दर्शक हरु माझ आएका जिवनको उक्त लाइभको निकै चर्चामा रहेको थियो ।साथै धेरै दर्शकले निरन्तरताको अपेक्षा पनि व्यक्त गरेका थिए । यसै क्रममा आफूलाई दर्शकले देखाएको प्रेम देखेपछि जीवनले अब निरन्तर दर्शकसँग नजिक रहने सोच बनाएको पनि बताएका थिए  ।यसै क्रममा अभिनेता जीवनले आफ्नै युट्युब च्यानलबाट कविता वाचन सुरु गरेका छन् ।अभिनेता जिवनले दुई दिन अगाडि कविता वाचन गरेको भिडियो युट्युबमार्फत् सार्वजनिक गरेका हुन ।जिवनले आफ्नो एक कवितासँगै निर्देशक प्रकाश सायमीले लेखेको एक कविता र कलाकार राजबल्लब कोइरालाद्वारा लिखित एक कविता वाचन गरेका छन् ।कलाकारिता र साहित्यमा विशेष रुचि भएका अभिनेता जिवन प्राय जसो कविता लेखिरहेका हुन्छन् । त्यसैले उनले कविता वाचन सुरु गरेको बताइएको छ ।