04th May 2020

चलचित्र नाइ नभन्नु ल ६ मा बर्षा राउत्,बर्षा शिवाकोटी र नायिका आँचल शर्माको चर्चा ।

बैशाख,२२,२०७६ ।निर्देशक बिकाशराज आचार्यको निर्माण र निर्देशनमा निर्माण हुन लागेको चलचित्र नाइ नभन्नु ल को सिरिज चलचित्र नाइ नभन्नु ल ६ को लागी नायिका द्रय बर्षा राउत र बर्षा शिवाकोटी लाई निर्माण टिमले अफर गरेको बताइएको छ ।समाचार स्रोतका अनुसार चलचित्र ‘नाइँ नभन्नु ल-६’ निर्माणको तयारीमा रहेका निर्देशक विकासराज आचार्य चलचित्रको छायाकन साउन शुरु गर्ने तयारीमा रहेको तर, लकडाउन र त्यसपछि उत्पन्न हुने परिस्थितिका कारण चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छ पक्का नभएको पनि बताइएको छ ।साथै निर्देशक आचार्यले चलचित्रको कथा फाइनल गरेर कलाकार चयन गर्ने प्रक्रियामा अगाडि बढेको र चलचित्र नाइ नभन्नु ल ६ मा नयाँ नायकको साथमा ३ नायिकालाई लिएर चलचित्रमा काम गर्ने मनसायमा निर्देशक आचार्य रहेको पनि बताइएको छ । यसै क्रममा निर्देशक आचार्यले चलचित्र ‘नाइँ नभन्नु ल-४’बाट डेब्यु गरेकी नायिका वर्षा राउतलाई उनले अफर गरिसकेको तर, वर्षासँग कुनै लिखित सम्झौता भने नभएको बताइएको छ ।त्यसै गरी निर्देशक आचार्यले चलचित्रको लागी चलचित्र ‘नाइँ नभन्नु ल-२’बाट नेपाली रजपटमा डेब्यु गरेकी नायिका वर्षा सिवाकोटीलाई पनि चलचित्रको छैटौं सिरिजमा खेलाउने तयारी गरेको पनि बताइएको छ। साथै वर्षालाई पनि निर्देशक आचार्यले अफर  गरेको तर लकडाउनका कारण काम अगाडि बढ्न भने नसकेको पनि बताइएको छ ।त्यसै गरी निर्देशक आचार्य चलचित्र ‘नाइँ नभन्नु ल-४’बाट यो नेपाली चलचित्रको बजार मा नायिकाको रुप मा  भित्रिएकी नायिका आँचल शर्मालाई पनि चलचित्रमा भित्र्याउने योजनामा रहेको पनि बताइएको छ । तर, निर्देशक आचार्यले नायिका आँचलसँग भने कुनै कुरा नगरेको स्रोतले बताएको छ ।यसरी हेर्दा निर्देशक आचार्य यसपटक चलचित्र नाइ नभन्नु ल को सिरिज बाट चलचित्र क्षेत्रमा प्रबेश गरेका र अहिलेका चल्तीका नायिका हरुलाई लिएर चलचित्र ‘नाइँ नभन्नु ल-६’ बनाउने तयारीमा रहेको बताइएको छ ।साथै यि तीन नायिका लाई एकसाथ एकै चलचित्रमा हेर्न पाउदा दर्शक उत्साहित हुने अनुमान लगाउन सकिन्छ ।