03rd May 2020

बुढासुब्बा डिजिटलको चालिस लाख सस्क्राइब ।

बैशाख,२२,२०७६ ।नेपाली दर्शक स्रोता हरुलाई गीत संगीत,चलचित्र र चलचित्र संबन्धी मनोरञ्जनात्मक बिभिन्न सामाग्री हरुबाट नेपाली दर्शक सोताहरु लाई मनोरञ्जन दिदै आएको बुढा सुब्बा डिजिटलको यु ट्युबमा चालिस लाख सस्क्राइब पुगेको छ ।बिगत दुइ दशक देखी गीत संगीतको बजारमा लागिपरिरहेको र नेपालमा सामाजिक सञ्जाल यु ट्युब भित्रीए सँगै नेपाली दर्शकहरुको लागी मनोरञ्जनको क्षेत्रमा सकृय रहदै आएको यस बुढा सुब्बा डिजिटल बाट,नेपाली गीत संगीत, चलचित्र र चलचित्र संबन्धी मनोरञ्जन समाचारहरु प्रशारण गर्दै आइरहेको छ ।यसै क्रममा बुढा सुब्बा डिजिटलको चालिस लाख सस्क्राइब पुगेको उपलक्ष्यमा बुढा सुब्बा डिजिटलका सञ्चालक नवराक गिरीले बुढासुब्बा प्रती दर्शक स्रोता हरुले देखाउनु भएको मायाको साथ साथै बुढासुब्बा प्रती गर्नु भएको बिश्वास प्रती दर्शक स्रोताहरु लाई आभार प्रकट गरेका छन ।अबका आगामी दिनमा दर्शक स्रोताहरुको मनोरञ्जन लाई मध्य नजर गर्दै गीत संगीत र चलचित्र बाहेक अन्य मनोरञ्जनका समाग्रीहरु प्रस्तुत गर्दै जाने पनि बताएका छन ।बुढा सुब्बा डिजिटलको चालिस लाख सस्क्राइब पुगेको उपलक्ष्यमा बधाइ तथा शुभकामना ।