01st May 2020

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन ।

बैशाख,१९,२०७६ ।गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ । रेडियो नेपालकी प्रथम गायिका समेत रहेकी गायिका रानुदेवी अधिकारीको गए राति काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा ८४ वर्षको उमेरमा उनको निधन भएको हो ।उनको राति नै अन्त्यष्टि गरिएको छ । सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन् । नेपाली राजनितिकी आदर्श ब्यक्तित्व तथा कांग्रेस नेतृ नोना कोइरालाको बहिनी समेत रहेकी रानुदेवी अधिकारीको एक छोरा र दुई छोरी छन् । एक छोरा र एक छोरी अमेरिकामा रहदै आएको एक छोरी भने नेपालमा नै रहेको समाचार स्रोतले बताएको छ ।