30th April 2020

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन ।

बैशाख,१८,२०७६ ।बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ । ६७ बर्षिय अभिनेता ऋषि कपुरको निधन भएको जानकारी भारतीय सञ्चार माध्यमले दिएको हो ।अभिनेता ऋषि कपुरका दाइ रणधीर कपुरले उनको स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको जानकारी दिएका थिए ।गत सेप्टेम्बर अमेरिकामा लगभग एक वर्षसम्म क्यान्सरको उपचार पश्चात भारत फर्किएका अभिनेता कपुरको स्वास्थ्य बिग्रिएपछि यस अघी पनि उनलाई दुई पटक अस्पताल भर्ना गर्नु परेको बताइएको थियो ।साथै उनको क्यान्सरको उपचार पनि चलिरहेको थियो । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन पछी बलिवूडका अर्का महानायक अभिताभ बच्चनले सामाजिक सञ्जाल मा लेखेका छन ।‘म पूर्ण रुपमा टुटिसकेको छु ।ग त बुधबार मात्रै बलिउड का चर्चित अभिनेता इरफान खानको पनि  क्यान्सरकै कारण निधन भएको थियो ।