13th May 2019

दुर्गिस फिल्मस् र काफिया फिल्मस्को  ब्यानरमा चलचित्र ‘होस्टेल ब्याक अगेन’ को निर्माण हुने ।

बैशाख,३०,२०७६ ।दुर्गिस फिल्मस् र काफिया फिल्मस्को  ब्यानरमा चलचित्र ‘होस्टेल ब्याक अगेन’ निर्माण हुने भएको छ ।चलचित्र‘होस्टेल’ र होस्टेल रिर्टन्सको निर्माण गरी सकेका निर्माता सुनिल रावलको दुर्गिस फिल्मस् ब्यानरले अर्का निर्माता गोबिन्द शाहिको ब्यानर काफिया फिल्मस् सँग मिलेर उक्त चलचित्र  निर्माण गर्न लागेको हो ।निर्माता सुनिलको चलचित्र होष्टल बाट अहिलेका स्टार नायक अनमोल केसी,र  होस्टल रिटन्र्सबाट सुशिल श्रेष्ठ र नाजिर हुसेनले नेपाली रजतपट मा डेब्यु गरेका थिए । निर्माता सुनिल रावलको डेब्यु निर्देशनमा निर्माण हुने उक्त चलचित्रको छायाकन अमेरिकामा गरिने पनि बताइएको छ ।हरेक देशबाट अमेरिका अध्ययनका लागी गएका र होस्टेलमा बसेका युवायुवतीहरुको विषयलाई मुख्य कथा बस्तु बनाएर चलचित्र होस्टल ब्याक अगेनको निर्माण गरिन लागेको पनि चलचित्रका निमाता तथा निर्देशक रावलले बताएका छन ।निर्देशन रावलको कथा रहने उक्त चलचित्रमा रायन राइजको पटकथा र संवाद रहनेछ ।आगामी अगस्टबाट छायाँकन सुरु हुने उक्त चलचित्रका लागी कलाकार छनौट कार्य चाँडै सुरु गरिने पनि बताइएको छ । साथै निर्माता गोविन्द शाहीका अनुसार केही कलाकार नेपालबाट अमेरिका छायाँकनका लागि जाने र बाँकी कलाकार अडिसनबाट अमेरिकामै चयन गरिने छ ।