30th April 2020

नायिका पुजा शर्मा लाई जन्मदिनमा चलचित्रकर्मीको शुभकामना ।

बैशाख,१८,२०७६ ।पछिल्लो समय नेपाली दर्शक हरुले निकै रुचाएकी र एक पछी अर्को सफल चलचित्र हरु नेपाली दर्शकहरु लाई दिदै आएकी नेपाली चलचित्र कि चर्चित र पछिल्लो समय ब्यस्त पनि रहदै आएकी नायिका पुजा शर्माको हिजो जन्म दिन परेको छ ।निर्देशक सुदर्शन थापा निर्देशित र निर्माता सन्तोष सेन को निर्माण मा निर्मित चलचित्र प्रेम गीत बाट नै स्टार नायिकाको उपमा पाउन सफल नायिका पुजा लाई नेपाली चलचित्रको बजारमा सफल नायिकाको रुपमा लिने गरिन्छ ।नायिका पुजा ले चलचित्र प्रेम गीत पछी म यस्तो गीत गाउँछु,राम कहाँनी,पोइ पर्यो काले,म यस्तो गीत गाउछु २,सम्झना बिर्सना,सम्हालिन्छ कहिले मन लगाएतका चलचित्र हरुमा अभिनय गरिसकेकी छिन। यि चलचित्रहरु मध्य चलचित्र म यस्तो गीत गाउछु २,सम्झना बिर्सना,सम्हालिन्छ कहिले प्रदशनको तयारीमा रहेको छ ।यसै क्रममा नायिका पुजा शर्माको हिजो परेको जन्मदिनमा उनलाई चलचित्रकर्मी हरुले शुभकामना दिएका छन ।उनलाई शुभकामना दिने हरुमा निर्देशक सुदर्शन थापा, कलाकार निर्माता तथा निर्देशक दीपा श्री निरौला,कलाकार निर्माता निर्देशक निर्मल शर्मा,चलचित्र बितरक करण श्रेष्ठ,संगीतकार अर्जुन पोखरेल लगाएत रहेका छन ।यसै शिल्शिलामा नायिका पुजा लाई शुभकामना दिदै निर्देशक सुदर्शन थापाले सामाजिक सञ्जालमा उनको एक तस्बिर सेयर गर्दै लेखेका छ ।आज बाट जिवनको अर्को बर्षा पार गरेकी छौ ।हरेक आउने बर्ष र दिन सोचेको भन्दा पनि सुन्दर होस जन्मदिन को धेरै शुभकामना । त्यसै गरी चलचित्र बितरक करण श्रेष्ठले पनि सफलता सहजताले हुन्न , संघर्ष नै चाहिन्छ, जिवनको हरेक संघर्षमा प्यारी बहिनी पुजा शर्मालाई सधैं साथ दिइरहन पाँउ साथै नेपाली चलचित्र आकाशमा सधैं यसरी नै सफल नायिकाको रुपमा चम्किरहेको हेर्न पाँउ ।अभाव र समस्या कहिल्यै पछि नलाओस ।हर पल खुशी र हासो साथ रहोस । जिवनका हर कदम सफलताले चुमोस भनी शुभेच्छा सहित जन्म दिनको आत्मीय शुभकामना ।त्यसै गरी संगीतकार अर्जुन पोखरेलले पनि मेरो कामलाई र मलाई सधै विश्वास गर्ने मेरो नजिकको शुभचिन्तक नेपाली चलचित्रकी चर्चित तथा लोकप्रिय नायिका प्रिय बहिनी पुजा शर्मालाई जन्मदिनको करोडौँ करोडौँ शुभकामना सधै सुखी र खुसी र प्रगतिदेख्न पाउँ।