30th April 2020

बलिवूडका चर्चित अभिनेता इरफान खानको निधन ।

बैशाख,१८,२०७६ ।लामो समय देखी बिरामी पर्दै आएका बलिवूडका चर्चित अभिनेता इरफान खानको निधन भएको छ । भारतिय संचारमाध्यमका अनुसार  ५४ बर्षका अभिनेता इरफान खानको गत मंगलबार बिहान घरको बाथरूममा लडीरहेको अवस्थामा भेटिएको र उनलाई मुम्बईको कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।'मकबूल', 'लाइफ इन अ मेट्रो', 'द लन्च बक्स', 'पीकू', 'तलवार' र 'हिन्दी मीडियम' जस्ता सफल चलचित्र हरुमा अभिनयाँ गरेका अभिनेता इर्फान को अन्तिम चलचित्र‘अंग्रेजी ‘मिडियम’ रहेको छ । इरफानले 'लाइफ इन अ मेट्रो' चलचित्र बाट (सर्वश्रेष्ठ अभिनेता), 'पान सिंह तोमर' बाट (सर्वश्रेष्ठ अभिनेता कृटिक) र 'हिन्दी मिडियम बाट (सर्वश्रेष्ठ अभिनेता) को फिल्मफेयर पुरस्कार प्राप्त गर्न सफल भएका थिए । उनलाई 'पानसिंह तोमर' का लागि राष्ट्रीय पुरस्कार दिइएको थियो भने उनले कलाको क्षेत्रमा भारतको चौथो सर्वोच्च सम्मान पद्मश्री पनि पाएका छन् ।पछिल्लो समय देखी पेटको समस्यासँग संघर्ष गर्दै आएका इरफान लाई कोलोन संक्रमण भएको थियो । दुई बर्ष अघि उनलाई न्यूरो-एंडोक्राइन ट्युमर भनिने रोग लागेको पत्ता लागेको थियो । इरफान विदेशमा यो रोगको उपचार गरेर ठिक भएपछि भारत फर्केका थिए ।