29th April 2020

लक डाउनको समयमा नयाँ गीतको सृजनामा ब्यस्त बन्दै संगीतकार अर्जुन पोखरेल ।

बैशाख,१७,२०७६ ।चर्चित संगीतकार अर्जुन पोखरेल लाई नेपाली चलचित्रको बजारमा सफल संगीतकारको रुपमा चिनिने गरिन्छ ।साथै उन लाई करोड क्लब को संगीतकार भनेर सम्बोधन गर्द पनि अनुप्युक्त नहोला किन कि उनले संगीत भरेका दर्जनौ नेपाली गीत संगीतले यु ट्युब मा करोड भुज पाउन सफल भएका छन ।साथै पछिल्लो समय त अर्जुनले संगीत नभरेका चलचित्र हरु बिरलै रहेका छन । संगीतकार अर्जुन पोखरेल ले संगीत भरेका चलचित्रका गीत दिलमाया,भन्छु आज, बाटो मोडेर गयौ,सुन्छु तिमीले मलाई,प्रेम गीत्,तिमी रोएको पल्,मा यस्तो गीत गाउछु लगाएतका दर्जनौ गीत संगीतले नेपाली दर्शक स्रोताहरुको मन जित्न सफल भएका छन भने आज पनि ति गीत संगीत उति कै कर्ण प्रिय रहन सफल भएका छन । यसै क्रममा उनै चर्चित संगीतकार अर्जुन पोखरेल देश लक दौन मा रहे पछी उनि पनि बिगत १ महिना देखी घर भित्र रहन बाध्य भएका छन ।तर पनि संगीतकार पोखरेल लाई लकडाउनले नयाँ नयाँ गीत संगीतको सृजना गर्न भने छेक्न सकेको छैन ।बिगत एक महिना देखी घरमा थुनिदा उनले झण्डै १ दर्जन गीतको संगीत सृजना गरेको बताइएको छ ।लक डाउन को समय लाई नयाँ नयाँ गीत संगीतको सृजना को लागी सदुपायोग गदै आएका पोखरेल ले पियानो र हार्मोनियमको साथमा आफैँले कल्पेका शब्द तथा गीतकारले पठाएका शब्दहरुसँग खेल्दै आफ्नो दिन बिताइरहेका छन् ।यही बिच उनै संगीतकार पोखरेलले लक डाउनको समयमा १० वटा नयाँ गीतको धुन तयार गरिसकेको बताइएको छ ।ति मध्य केही गीतका शब्दहरु उनि आफैँले कोरेका छन् भने केही गीतहरु अरुकै शब्दमा तयार भएको बताइएको छ । संगीतकार अर्जुनले लक डाउन को समयमा तयार पारेका गीत हरुम ‘मनको पाखो बाझो हुँदा’,हिट गीत ‘काले केटा’को दोस्रो भाग ‘म हिड्दा खेरी’‘छुदिन म जाले रुमाल’,‘कुनै दिन’, हाम्रो सम्बन्धमा’ ,‘धारै नखोली’ ‘रंगभन्दा रंगीन’ ‘तिम्रो प्रेम’ ‘तिमी नै हौ’ टाढैबाट बाई बाई’ रहेक छन ।यि मध्य मनको पाखो बाझो हुँदा’ गीतमा शब्द रचना भुपेन्द्र महतको रहेको छ ।यस गीत अर्जुन र भुपेन्द्रले मिलेर ६० वर्षिय शरीरिक रुपमा अशक्त बृद्धको लागि तयार पारेका हुन् । जसमा अडियो र भिडियोको लगानी भुपेन्द्र र अर्जुनले गर्नेछन् । यसबाट आएको सम्पूर्ण कमाई उनै ६० वर्षिय बुद्धलाई दिने संगीतकार अर्जुनले स्रोत लाई बताएका छन । त्यसै गरी ‘काले केटा’को दोस्रो भाग र ‘म हिड्दा खेरी’ मा संगीतकार पोखरेल कै शब्द रहेको छ भने ‘छुदिन म जाले रुमाल’मा गीतकार नारायण काईलोको शब्द रहेको छ । त्यस्तै ‘हाम्रो सम्बन्धमा’ लोकराज अधिकारीको शब्द  रहेको छ भने ‘धारै नखोली’मा दिनेशराज पुरीको शब्द,‘रंगभन्दा रंगीन’मा दिग्गज धौराली,‘तिमी नै हौ’मा अम्बिका गुरुङको शब्द रहेको छ ।साथै यि गीत हरु बाट संगीतकार अर्जुन पोखरेल निकै आशाबादी पनि देखिएका छन ।