29th April 2020

नेवा गुठि ग्रीनहिलसिटिले चार सय मजदुर लाई खुवाए खाना ।

बैशाख,१७,२०७६ ।नेपाली चलचित्रका पुराना अभिनेता पुरन जोशी अध्यक्ष रहेको नेवा गुठि ग्रीनहिलसिटि समाजले कोरोना भाइरसको त्रासका कारण देश लक डाउन रहे पछी लक डाउन बाट समस्यामा परेका विपन्न तथा मजदुरका परीवारलाई खाना खुवाएका छन ।बिगत तीन दिनदेखि ग्रीनहिलसिटिले खाना खुवाउदै आएको मा गत मंगलवार भने नेवा गुठि ग्रीनहिलसिटिले सहयोगी सदस्य तथा समाजका पदाधिकारीहरुको उपस्थितिमा चार सय पचास भन्दा बढी मजदुर हरु लाई खाना खुवाएका हुन ।कागेश्वरी नगरपालिका वडा न ६ मुलपानीमा कोरोना भाइरसको लक डाउनका कारण समस्यामा परेका मजदुर हरुलाई  मंगलबार चार सय पचास जना भन्दा बढी लाई खाना खुवाएको नेवा गुठि ग्रीनहिलसिटि का अध्यक्ष पुरन जोशीले बताइएका छन । बरिष्ठ अभिनेता पुरन जोशीले सेवा नै धर्म हो भन्ने कुरा लाई मनन गरेर आफु हरुले बिपतमा परेका मजदुर खाना खुवाउने कार्य गरेको बताएका छन ।साथै उनले सहयोगी सदस्य तथा समाजका पदाधिकारी हरुलाई धन्यबाद तथा आभार ब्यक्त गरेका छन ।कलाकर जोशी  पछिल्लो समय कलाकारिताको साथ साथै सामाजिक कार्यमा पनि लागी परिरहेका छन ।