28th April 2020

नायिका सुहानाले कस्लाई भनिन हरेक दिन तिमीलाई प्रेम गर्न चाहेको ।

बैशाख,१६,२०७६ ।नेपाली चलचित्रको बजारमा पहिलो चलचित्र बाट नै उदाउदो स्टार नायिकाको उपमा पाउन सफल नायिका हुन सुहाना थापा ।नायिका तथा निर्देशक झरना थापाको निर्देशनमा निर्मित चलचित्र ए मेरो हजुर ३ बाट नेपाली रजतपटमा नायिकाको रुपमा डेब्यु गरेकी सुहानाले पहिलो चलचित्र बाट नै लोभ लाग्दो चर्चा र सफलता पाउन सफल भएकी थिइन ।उनी अभिनित उक्त चलचित्रले लामो समय देखि नेपाली चलचित्रको बजारमा लाग्दै आएको शुन्न्यता लाई केहि हद सम्म चलायमान बनाउन सफल भएको थियो ।साथै नेपाली चलचित्रका स्टार अभिनेता अनमोल के,सीको साथमा डेब्यु गरेकी सुहानाले चलचित्रमा गरेको अभिनय र नृत्यले पनि प्रशंसा बटुल्न सफल भएको थियो ।पहिलो चलचित्र बाट नै सफलता को स्वाद चाखेकी नायिका तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी सुहाना यती बेला चलचित्र ए मेरो हजुर ४ को निर्माण मा ब्यस्त छिन ।तर यती बेला बिश्वभर नै कोरोना भाइरसको त्रास बढी रहेको समयमा र देश लक डाउनमा भएको कारण चलचित्र ए मेरो हजुर ४ को छायाकन स्थगित गरिएको छ । साथै निर्माणधिन चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन कोरोना भाइरसको सन्त्रासका कारण स्थगित हुन पुगे पछी यती बेला नायिका नायिका सुहाना थापा घरमै छिन् । चलचित्रको छायाकनमा रमाउदै आएकी नायिका सुहाना विगत एक महिना भन्दा लामो समयदेखिको लकडाउनका कारण घर मै बस्न बाध्य भए पछी यती बेला उनको दैनिकी पनि फेरिएको छ ।यसै क्रममा आफ्नो परिवारसँग समय बिताइरहेकी र आफुले अभिनय गरिरहेको पछिल्लो चलचित्र ए मेरो हजुर ४ लाई थप उत्कृष्ट बनाउनका लागि अझै केही गर्न सकिन्छ कि भनेर आफ्नी आमा निर्देशक झरना थापासँग सल्लाह पनि गरिरहेकी सुहाना सामाजिक संजालमा पनि सक्रिय रहदै आएकी छिन् । सामाजिक सञ्जाल मा नायिका सुहानालाई कहिले यूरोप, कहिले अमेरिका त कहिले क्यानडाका नागरिकको चिन्ता गर्दै गरेको पनि भेट्न सकिन्छ ।नायिका सुहाना थापा यी सबै देशमा पुगेकाले पनि उन लाई यी देशसँग लगाव बढेको अनुमान लगाउन सकिन्छ। यसै क्रममा पहिलो चलचित्र बाट नै दर्शक हरुको लभ लाग्दो माया पाउन र दर्शक हरुको मन जित्न सफल नायिका सुहानाले सामाजिक सञ्जाल मा आफूले हरेक दिन तिमीलाई प्रेम गर्न चाहेको भनेर लेखेकी छिन् ।नायिका सुहानाको यो भनाई कसलाई हो भनेर बुज्न नसकिए पनि तर, लक डाउनको समयमा उनले कसैलाई मिस गरेकी  या उनले यो आफ्नो भावना आफ्ना शुभचिन्तकहरुका लागि व्यक्त गरेकी हुन भन्ने अनुमान लगाउन सकिन्छ ।